काठमाडौं, ३१ साउन २०८३ । देशका धेरै स्थानमा आइतबार (साउन ३१) दिउँसो, अपराह्न पनि वर्षा भएको छ । मध्यमसम्मको वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यस दिन अपराह्न ४ः५० बजे मापन गरिएको पछिल्लो तीन घण्टाको अवधिमा काठमाडौंको बूढानीलकण्ठमा सबैभन्दा धेरै ४६.६ मिलिमिटर वर्षा भएको छ ।
“हाल वाग्मती र लुम्बिनी प्रदेशका केही स्थान तथा कोसी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ,” विभागले भनेको छ ।
यी क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।






