Online Bichar
आइतबार, साउन ३१, २०८३ | Sunday, August 16, 2026

झापा, ३० साउन २०८३ । झापामा १७ लाखभन्दा बढी जरिवाना तिर्न बाँकी बैंकिङ कसूरका एकजना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ दुधे बस्ने ५६ वर्षीय हर्कधन सेवा रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त प्रहरी टोलीले हिजो सेवालाई उनको घरबाटै पक्राउ गरेको हो ।

उच्च अदालत बिराटनगर, इलाम इजलासको मिति २०७९ माघ ११ गतेको फैसलाले बैंकिङ कसूर मुद्धामा सेवालाई १७ लाख ३९ हजार ५०० रुपैयाँ जरिवाना तोकेको थियो ।

त्यसयता उनी फरार रहेका थिए । पक्राउ परेका सेवालाई जिल्ला प्रहरी कार्यालय इलामसँग समन्वय गरी बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया