Online Bichar
आइतबार, साउन ३१, २०८३ | Sunday, August 16, 2026

काठमाडौँ, ३० साउन २०८३ । खाना पकाउने एलपी ग्यासको अभाव झेली रहेका उपभोक्तालाई सहजता प्रदान गर्न नेपाल आयल निगमले आइतबार काठमाडौँ जिल्लाका सात तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री वितरण गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र नेपाल आयल निगमबिचको समन्वयमा ग्याँस उद्योगीहरूमार्फत सिलिन्डर बिक्रीको व्यवस्था मिलाइएको हो।

निगमले सार्वजनिक गरेको सूचना अनुसार निम्न स्थानबाट ग्यास सिलिन्डर वितरण गरिनेछस्

निगमको टेकु परिसर : नेपाल, एचपि, एभरेष्टरसुगम, श्रीराम र सगर

पशु सेवा शाखा (चपली, बूढानीलकण्ठ) : नेपाल, एचपि र भानु

राधास्वामी (कीर्तिपुर परिसर) : नेपाल, एचपि, एभरेष्टरसुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया

नयाँ बजार जुडो हल परिसर : नेपाल, एचपि र ओम

तारकेश्वर नगरपालिका परिसर : नेपाल र एचपि

चन्द्रागिरि नगरपालिका कार्यालय : लोकप्रिय, नेपाल, एचपि र श्रीमाया

राष्ट्रिय क्षयरोग केन्द्र (ठिमी) :  नेपाल, एचपि, सूर्य, सगर, एभरेष्टरसुगम र एसटीसी

निगमका अनुसार एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको र उद्योगले आफ्ना विक्रेता ९डिलर० मार्फत नियमित बिक्री गरिरहेका छन्। तर, कुनै कारणवश विक्रेताबाट ग्यास प्राप्त गर्न नसकी अति आवश्यक परेका व्यक्तिले मात्र साथमा नागरिकता वा राष्ट्रिय परिचयपत्र लिई बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको स्थानमा उपस्थित भई ग्यास खरिद गर्न सक्ने सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया