Online Bichar
बिहिबार, साउन १४, २०८३ | Thursday, July 30, 2026

काठमाडौं, १४ साउन २०८३ । सिरहामा बिहीबार भएको घटनाको छानबिनका लागि तीन सदस्यीय छानबिन टोली गठन गरिएको छ ।

घटनाको छानबिनका लागि मधेस प्रहरी कार्यालय जनकपुरबाट प्रहरी उपरीक्षक एसपी भेषराज रिजालको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली बनेको हो । समिति प्रहरी निरीक्षक यज्ञराज जोशी र असई गोबिन्द झा सदस्य छन् ।

सिराहाको गोलबजारमा गोली लागेर एक युवाको मृत्यु भएको छ । उनको शव अझै उठाइएको छैन ।

बिहीबार सिरहामा प्रदर्शनका क्रममा वडाध्यक्षको घर र निजी सम्पत्तिमा आगजनीसमेत भएको थियो । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार र लहानका विभिन्न ठाउँमा कर्फ्यु आदेश जारी गरेको छ ।

बिहीबार साँझ करिब २० राउण्ड टियर ग्याँस प्रहार गरेपछि भीड तितरबितर भएको छ ।

गोलबजारका विभिन्न स्थानमा तोडफोड र आगजनीका घटना भएका छन् । सपिङ मल, साइकल ग्यारेज, पार्टी प्यालेस र गोलबजार नगरपालिका–११ का अध्यक्ष सोहेव अनवरको गोलबजारस्थित घरमा आगजनी गरिएको छ ।

 

तपाईको प्रतिक्रिया