Online Bichar
बिहिबार, साउन १४, २०८३ | Thursday, July 30, 2026

काठमाडौं, १४ साउन २०८३ । इरानले बिहीबार बिहान उत्तरी कुवेतमा गरेको आक्रमणमा परी एकजना नेपाली नागरिकको मृत्यु भएको छ ।

एकजना नेपालीको मृत्यु भएको पुष्टि परराष्ट्र मन्त्रालयले गरेको हो ।

“आज बिहान उत्तरी कुवेतमा गरिएको आक्रमणमा परी एकजना नेपाली नागरिकको निधन भएको दुःखद खबर प्राप्त भएको छ,” परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यसको आधिकारिकता र विस्तृत विवरण उपलब्ध गराउन नेपाली राजदूतावास, कुवेतलाई निर्देशन दिइसकिएको छ ।”

कुवेतका सम्बद्ध निकायहरू र कम्पनीसँग नेपाली दूतावास नजिकको सम्पर्कमा रहेको परराष्ट्रले जनाएको छ । चिनियाँ कम्पनीमा सवारी चालकको रूपमा काम गर्दै आएका एक नेपालीको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया