Online Bichar
बुधबार, साउन १३, २०८३ | Wednesday, July 29, 2026

काठमाडौं, १३ साउन २०८३ । सेयर बजार घट्नेक्रम आज पनि रोकिएन। अघिल्ला दुई कारोबार दिन मंगलबार र सोमबार घटेको नेप्से परिसूचक बुधबार पनि नकारात्मक बनेको हो। योसँगै नेप्से लगातार तेस्रो कारोबार दिन घटेको छ।

यसदिन नेप्से परिसूचक ७.७९ अंकले घटेर २६८८.८८ विन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन मंगलबार ४.६४ अंकले घटेको नेप्से परिसूचक सोमबार ३३.२८ अंकले घटेको थियो। सोमबार ६ अर्ब ८ करोडको कारोबार भएकोमा मंगलबार ४ अर्ब ४२ करोडको कारोबार भएको थियो।

आज ३४३ स्क्रिप्सको ९७ लाख ७७ हजार ५१२ कित्ता सेयर ४ अर्ब २ करोड ९३ लाख ९० हजार ३५१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ७८ वटा स्टक्सको मूल्य बढ्दा १८६ वटाको घट्यो। बाँकी ११ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

यसदिन एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। एभरेष्ट कलरको सेयर १४.९९ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा हिमालयन पावर पाटर्नर शीर्ष स्थानमा रह्यो। सो कम्पनीले २२ करोड ४८ लाख मूल्य बराबरको सेयर कारोबार गर्यो।

यस्तै खानिखोला हाइड्रोपावरले २१ करोडको कारोबार गर्दा रिलायन्स स्पिनिङ्ग मिल्स र कर्पोरेट डेभलपमेन्ट बैंकले १७/१७ करोड बराबरको कारोबार गरे। अदर्श समूह र म्युचुअल फण्डबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए।

 

तपाईको प्रतिक्रिया