Online Bichar
बुधबार, साउन १३, २०८३ | Wednesday, July 29, 2026

झापा, १३ साउन २०८३ । जंगली हात्ती धपाउन राखेको विद्युतीय धरापमा परी भद्रपुरमा एक महिलाको ज्यान गएको छ । आज बिहान ९ बजे भद्रपुर-४ एग्रो कार्यालय छेउ मायालु वननजिक बस्ने लाखबहादुर लिम्बूकी श्रीमती ६५ वर्षीया सनज्योती लिम्बू आफ्नै बारीमा हात्तीलाई धपाउन राखेको विद्युतीय धरापमा परेकी थिइन् । अचानक नाङ्गो तारमा छुन पुग्दा करेन्ट लागेर लडिरहेको अवस्थामा उनका बुहारी सविता खडकाले देखेकी थिइन् ।

बिहान ११ बजे प्रहरी चौकी महेशपुरमा जानकारी गराउनसाथ प्रहरी सहायक निरीक्षक बिशाल श्रेष्ठको कमाण्डमा टोली पुगेर हेर्दा लिम्बूको मृत्यु भइसकेको थियो । मृतकको लास घरमा ल्याई राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया