काठमाडौं, ६ साउन २०८३ । भारतमा परीक्षा प्रश्नपत्र बाहिरिँदा अनलाइनबाट सुरु भएको आक्रोश सडकमा पोखिएको छ ।
विद्रोहको पुस्तान्तरणमा परिणत यो आन्दोलनले भारतीय युवाहरूलाई उपयोग गरेर बेवास्ता गर्ने प्रणालीविरुद्ध आवाज उठाएको जानकारहरू बताउँछन् ।
केन्द्रीय शिक्षामन्त्रीमा केन्द्रित आन्दोलनले अब सोझै प्रधानमन्त्री नरेन्द्र मोदीको जवाफदेहिता मागिरहेको छ । विद्यार्थीहरूले दिल्लीका सडकमा उठाएका सशक्त आवाज र एजेन्डामा अब सत्ताले आँखा छल्न नसक्ने र सम्बोधनबाट पछि हट्न नसक्ने जानकारहरूको धारणा छ ।
संसद्तर्फ अघि बढिरहेको विद्यार्थी आन्दोलन अन्य आन्दोलनभन्दा पूर्ण रूपमा फरक छ । स्वतस् स्फूर्त रूपमा सचेत जेनजी पुस्ताले यो आन्दोलनको नेतृत्व गरिरहेछ । यसले एउटा परीक्षा घोटालाको विषयलाई मात्रै उठाइरहेको छैन । सरकारको शासनशैली र धरासायी बन्दै गएका राज्यसंयन्त्रहरूमाथि नै प्रश्न उठाइरहेको छ ।
ककरोज अभियानका अभियन्ता संसद्तर्फको विद्यार्थीहरूको यो विरोध मार्च विगतका आन्दोलनहरूभन्दा पूर्ण रूपमा फरक छ ।
स्वतःस्फूर्त रूपमा सचेत बनेको नयाँ पुस्ता (Gen Z) ले नेतृत्व गरेको यो आन्दोलनले एउटा परीक्षा घोटालाको विषयलाई मात्र नउठाई नरेन्द्र मोदी नेतृत्वमा रहेको सरकारको शासनशैली र धरासायी बन्दै गएका राज्य संयन्त्रहरूमाथि नै चौतर्फी प्रश्न उठाएको छ ।
ककरोच आन्दोलनका अभियन्ता अभिजित दीपकेको प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रश्न छ( रुस र युक्रेन युद्ध रोक्न सक्षम छु भन्ने प्रधानमन्त्री मोदीले प्रश्नपत्र लिक हुनबाट रोक्न किन सक्दैनन् । धरासायी बन्दै गएका राज्यसंयन्त्रहरूको संस्थागत सुधार गर्न किन सक्दैनन्रुुु
मंगलबार हजारौँले दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गरे । उनीहरुमाथि प्रशासनले धरपकड गर्यो । प्रहरीको लाठी चार्जका कारण ६० भन्दा बढी प्रदर्शनकारी घाइते भए । मंगलबार दिउँसो ३ बजेबाट प्रदर्शनमा सहभागीहरूमाथि दमन सुरु भएको आन्दोलनकारीहरूको भनाइ छ । प्रदर्शनमा सहभागी २५ वर्षीय तारुले भनेका छन्,’३ बजेअघिसम्म प्रदर्शन शान्तिपूर्ण नै थियो । त्यसपछि प्रहरीले प्रदर्शनकारीमाथि दमन सुरु गर्यो । लाठी चार्ज भयो । अश्रु ग्यास प्रहार भयो । जतिसुकै दमन गरे पनि हामी भाग्ने छैनौँ । सत्ताले हाम्रो कुरा नसुन्दासम्म प्रदर्शन जारी रहनेछ ।’
हिमाञ्चलबाट दिल्लीमा प्रदर्शन गर्न पुगेका छन् विश्वास श्रीवास्तव । उनको हातमा ब्यानर छ । ब्यानरमा लेखिएको छ,’भारत लोकतान्त्रिक मुलुक हो । लोकतन्त्रमा जवाफदेहिता अपरिहार्य छ।’
दशकयता सत्ताले युवाहरूका आवाज र मागलाई बेवास्ता गरेकाले अब माग सम्बोधन नभएसम्म पछि नहट्ने अठोट प्रदर्शनकारीहरूको रहेको उनको भनाइ छ ।
‘दशकयता भारत लोकतान्त्रिक मुलुकजस्तो रहेन । सरकारले एकोहोरो सञ्चार गरिरह्यो । हाम्रो कुरा सुनेन । मलाई लाग्छ अब सत्ताले हाम्रा माग सम्बोधन गर्नेछ । जुनदिनसम्म माग पूरा हुँदैनन् हामीले मैदान छोडेर भाग्नेछैनौँ ।’
ककरोज अभियानका अभियन्ता दीपकेले सरकारभन्दा आफूहरू जिद्धि रहेको धारणा अघि सारेका छन् । प्रदर्शनस्थलबाट सोनाम वाङचुकलाई उठाएर सरकारले गल्ती गरेको उनको भनाइ छ । मोदी सत्तालाई चेतावनी दिँदै उनले भनेका छन्,ुुसोनामलाई उठाएर तिमीहरूले गल्ती गर्यौ । जन्तरमन्तर तिमीहरूकै प्रवृत्तिले भरियो । अब सम्पूर्ण दिल्ली प्रदर्शनकारीले भरिनेछ । तिमीहरू जति जिद्धि छौ, त्यो भन्दा बढी जिद्धि हामी छौँ ।ुु
दिल्लीको जन्तरमन्तरमा भएको आन्दोलनलाई सत्तारूढ भारतीय जनता पार्टीले मुलकुलाई खोक्रो बनाउने अभियानको संज्ञा दिएको छ ।
ुुयो मुलुकलाई खोक्रो बनाउने अभियान हो,ुु भाजपाले भनेको छ ।
शिक्षामन्त्री धर्मेन्द्र प्रधानले यसलाई आतंकवादी गतिविधि भनेका छन् । ुुयो आतंकवादीहरूको अर्को समूह हो,ुु आन्दोलनकारीप्रति उनको टिप्पणी छ ।
यस्तो प्रतिक्रिया जनाएको भाजपाले आन्दोलनकारीहरूको माग सम्बोधनका लागि सरकार तयार रहेको आश्वासन पनि दिइरहेको छ ।
स्वास्थ्यमन्त्री जेपी नड्डाले ककरोच पार्टीका प्रतिनिधिसँग भेट गरेर माग सम्बोधनका लागि सरकार तयार रहेको आश्वासन दिएका हुन् ।
सत्तारूढ भारतीय जनता पार्टीले युवाहरूको आन्दोलनप्रति यस्तो आक्षेप र आक्रोश आखिर किन पोखिरहेको छ रु भारतीय पत्रकार आशुतोषले भनेका छन्,’यसप्रकारको अप्रत्यासित आन्दोलनले मोदी सरकारको जरा हल्लाइदिएको छ ।’
भारतीय पत्रकार पुण्य प्रसुन बाजपेयी भन्छन्,’ रातो भित्ताभित्र रहेको भाजपा सरकारको जरा हल्लिन थालेको छ । प्रतिपक्षीमाथि भएको धरपकड, युवाहरूमाथि भएको दमनपछि प्रदर्शनकारीको संख्या बढिरहेको छ । भोलि के हुने कसैलाई थाहा छैन,’ उनको टिप्पणी छ ।
जानकारहरूका अनुसार शक्तिशाली मोदी सरकारको जरा हल्लिनुका पछि विभिन्न सात कारण छन् ।
पहिलो यो आन्दोलन अब धर्मेन्द्र प्रधानमा मात्रै केन्द्रित छैन । मेडिकल शिक्षाको परीक्षाको प्रश्नपत्र लिक भएपछि यो आन्दोलन शिक्षामन्त्री प्रधानमाथि केन्द्रित थियो ।
अब यो आन्दोलन प्रधानमन्त्री मोदीमा पनि केन्द्रित भएको छ । शिक्षामन्त्रीको फितलो कार्यसम्पादनकाबीच मोदीले उनलाई संरक्षण गरिरहे ।
आन्दोनकारीले पहिले मन्त्रीस्तरको जवाफदेहिताको माग राखेका थिए । अब उनीहरू त्यसमा मात्रै सीमित रहेनन् । उनीहरूले मोदीकै नेतृत्वमाथि प्रश्न उठाउँदै आन्दोलन चर्काएका छन् ।
दोस्रो, यो आन्दोलन ककरोच जनता पार्टी र सोनामका दायराभन्दा माथि अघि बढिसकेको छ । अब यो आन्दोलन युवाहरूको स्वतस्स्फूर्त अभियानमा रूपान्तरण भएको छ । जन्तरमन्तर र संसद् मार्चको अभियानले संस्थागत दायरा नाघ्दै युवा उभार सिर्जना गरिरहेकाले पनि मोदी सत्तामा धक्का पुगेको पत्रकार बाजपेयी बताउँछन् ।
‘गृहसचिवसँग कहाँ के हुने हो कुनै सूचना छैन । प्रधानमन्त्री कार्यालय भोलिका प्रदर्शनको सीमा र संख्याबारे अनभिज्ञ छ । प्रदर्शनकारीहरूको संख्या थपिनेक्रम जारी छ,’ उनले भनेका छन् ।
संगठित आन्दोलन नभएकाले कसैको व्यवस्थापनले मात्रै यो समाप्त हुनेवाला छैन ।
उक्त आन्दोलनमा कोही पनि कसैले उठाएर ल्याएका पात्रहरू छैनन् । स्वविवेकका साथ स्वतस्स्फूर्त रूपमा ओर्लिएका स्वतन्त्र नागरिकका भेललाई रोक्न मोदी सत्तालाई अप्ठेरो पर्ने देखिन्छ । यो आन्दोलन अब टेबलवार्ता वा सामान्य सम्झौताबाट सजिलै थामथुम हुने स्थितिमा नरहेकाले पनि मोदी सरकारलाई अप्ठेरो सिर्जना गरिरहेको विश्लेषण भइरहेको छ ।
तेस्रो कारण हो, मोदी सत्ताले आन्दोलनकारीलाई बदनाम गराउन नसक्नु । यसअघिका नागरिक आन्दोलनलाई मोदी सत्ताले धर्मको रंग, जातको रंग दिन्थ्यो । नागरिकतासम्बन्धी ऐन संशोधनविरूद्धको आन्दोलनलाई मोदी सत्ताले मुस्लिम उपद्रव भन्यो ।
किसान आन्दोलनलाई खालीस्तानीको संज्ञा दियो ।
विश्वविद्यालयका सचेत विद्यार्थीले गरेका आन्दोलनलाई अर्बन नक्सलको बिल्ला भिरायो ।
परीक्षाको निष्पक्षता, बेरोजगारीको अन्त्य, राज्य संयन्त्रमा संस्थागत सुधार जस्ता विषयमा केन्द्रित आन्दोलनलाई पनि मोदी सत्ताले आतंकवादको अर्को स्वरुप त भनिसक्यो तर यसमा सत्ताको कुनै जोर चल्ने अवस्था देखिएको छैन ।
मध्यमवर्गीय आकांक्षा रहेका भारतीय विद्यार्थी र सहरी पेसाकर्मी यस आन्दोलनमा छन् ।
उनीहरू मोदीको राजनीतिक उदयमा योगदान गर्ने पात्र नै हुन् ।
‘सत्तालाई सबैभन्दा बढी पोलेकै हाम्रो एकताले छ । हामी यस्तो भारतको प्रतिनिधित्व गर्छौँ जुन धर्मनिरपेक्ष छ । जुन जात र धर्मका नाममा बाँडिदैन । जनता एकजुट भएर प्रश्न गर्लान भनेर डराउने सत्ताकै अघी हाम्रो निडर प्रदर्शन जारी छ,’ अखिल नेपाल भारतीय विद्यार्थी संगठनकी सदस्य अञ्जलीले भनेकी छन् ।
उनीहरूलाई शत्रु करार गरेर युवाहरूलाई चिढ्याउने जोखिम मोल्न पनि भाजपालाई कठिनाइ छ । धर्मको रंग दिनका लागि यसमा कुनै ठाउँ रहेन । हिंसात्मक उपद्रवको आक्षेप नलागोस् भनेर प्रदर्शनकारी निकै सचेत र सतर्क देखिन्छन् ।
यो आन्दोलनले कुनै खास पहिचानलाई निसाना बनाएर बदनाम गर्ने मोदी सरकारको पुरानो रणनीतिलाई असफल बनाइदिएको छ ।
चौथो, यो आन्दोलन असफल लोकतान्त्रिक संयन्त्रहरुप्रतिको विद्रोह पनि हो ।
प्रधानन्यायधीशले बेरोजगार युवाहरूलाई परजीवी साङ्लोका रूपमा चित्रित गरेपछि भारतमा ककरोच अभियान सुरु भयो ।
देशको सर्वोच्च अदालतले समेत युवाहरूलाई हेपेको सन्देश प्रवाह भयो ।
परीक्षाका प्रश्नपत्र लिक हुँदा न्यायालयबाट कुनै न्यायिक राहत नमिले पछ युवाहरूले लोकतान्त्रिक संयन्त्र समेत कमजोर भइसकेको आभास गरे ।
सञ्चारमाध्यमहरूले पनि युवाका आवाजलाई खासै भाउ दिएनन् । आन्दोलनमा सहभागीहरू जमानतमा रिहा हुनसम्म पाएनन् ।
नागरिकका गुनासा सुन्ने र न्याय दिलाउन पहल गर्ने र न्याय दिने संस्थाहरू समेत सत्तापक्ष भएको आभास युवाहरूमा बढ्यो त्यसपछि उनीहरू सोझै सडकमा उत्रिन बाध्य भए । राज्यसंयन्त्रप्रति विश्वास उडेका युवाहरूको जमातलाई चित्त बुझाउन मोदी सरकारलाई कठिनाइ भइरहेको छ ।
पाचौँ कारण, यस आन्दोलनले राजनीतिक जवाफदेहिताको सशक्त माग गरेको छ ।
विद्यार्थीहरूले शिक्षामन्त्रीको राजीनामा मागेको एक महिनासम्म यो सरकारले केही सुनेन ।
विद्यार्थीहरूसँग वार्ताका लागि सरकारले सामान्य सरकारी प्रतिनिधि पनि पठाएन । जब प्रदर्शनकारीहरूले जन्तरमन्तर घेरे तब मात्रै मोदी सरकारले केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डामार्फत सुलहको प्रयास गरेको हो ।
आन्दोनलकारीले नागरिकप्रति सरकारको जवाफदेहिता हुनैपर्ने अडान लिएका छन् ।
परीक्षा प्रणालीमा सुधार, कमजोर कार्यसम्पादनका मन्त्रीलाई बर्खास्त, लोकतान्त्रिक संस्थामा सुधारका एजेन्डा कार्यान्वयनमा प्रतिवद्धता उनीहरूले खोजिरहेका छन् ।
युवाहरूले तय गरेको राजनीतिक जवाफदेहीताको मार्गचित्रबाट पछि हट्न मोदी सरकारलाई अब संभव हुनेदेखिँदैन ।
छैटौँ कारण हो सरकार सार्वजनिक रुपमा उदांगिनु । मोदी सरकारले हालसम्म यस्ता विषयमा मौनता साध्ने गरेको थियो । यस्तै प्रक्रियागत रूपमा पन्छाउँदै गैरजिम्मेवारपूर्ण अभिव्यक्तिबाट सुधारका अभियानलाई बदनाम गराउँथ्यो । यो आन्दोलनले सरकारको चरित्र, कार्यसम्पादन शैली र सरकार कारण मुलुकमा सिर्जित परिस्थिति उदांगो पारिदिएको छ ।
जानकारहरूका अनुसार यो आन्दोलनपछि मोदी सरकार गाडीको हेडलाइटअघि अत्तालिने चितुवाझैँ भएको छ । सत्ता समर्थकहरूले त्रासलाई शब्दमा पोखिरहेका छैनन् ।
तर युवा आवाज थुन्दापछिको विष्फोटनले संसार सत्ता ढलेको कुराबाट उनीहरू राम्रोसँग परिचित छन् । त्यसको पूर्वाभ्यास दिल्लीमा भइरहेको भान उनीहरूलाई परेको जानकारहरू बताउँछन् ।
सातौँ कारण भनेको मोदी सत्ताले सिर्जना गरेको त्रासको साम्राज्यमाथि सामूहिक प्रहार हो ।
व्यापक प्रहरी परिचालन, विशाल निगरानी संयन्त्र, अत्यधिक बलप्रहारकाबीच पनि भारतमा युवाहरू आत्तिएका छैनन् । उनीहरू प्रदर्शनमा खरो उत्रिरहेका छन् । मोदी सरकारले आन्दोलनमा यसअघि गरेको दमनका कारण उत्पन्न भयविरूद्ध युवाहरूले सामुहिक प्रहार गरेका छन् ।
मानिसहरूले भयको शासनविरूद्ध विद्रोह गरेको जानकारहरूले बताइरहेका छन् । सत्ताले कोर्ने विभाजन, उसले गर्ने बदनाम र मौनताका प्रयत्नका हतियार यसपटक सफल भएको छैन ।
यसले शक्तिशाली मोदी सरकारको भयको शासन अन्त्यतर्फ अग्रसर भइरहेको दर्शाएको जानकारहरुको मत छ ।
भारतका अवकास प्राप्त प्राध्यापक इन्दरिजा सिंहले भनेका छन्,’विगत एक दशकमा सरकारका कदम र नागरिकप्रतिको व्यहारले सरकारप्रतिको जनविश्वास टुटेको छ । भाजपाले युवाहरूको भविष्यलाई विनासतर्फ धकेलेको सत्यता स्वीकार गर्नैपर्छ । अब कुनै पनि भयका उपायहरू काम लाग्ने छैनन् । राज्य हरेक स्तरमा अनैतिक रहेको उदांगो भइसकेको छ ।’ एजेन्सीको सहयोगमा






