काठमाडौं, ६ साउन २०८३ । पक्राउ परेका व्यवसायी शंकर अग्रवाललाई थुनामा राख्न उच्च अदालत पाटनबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएको छ ।
अग्रवाल बुधबार (साउन ६) डिल्लीबजारबाट पक्राउ परेका थिए । उनी शंकर ग्रुपका अध्यक्षसमेत हुन् । बैंकिङ कसुर मुद्दामा फरार अग्रवाललाई अदालतबाट यसअघि पक्राउ पुर्जी जारी भएको थियो ।
पक्राउपछि उच्च अदालत पाटन हाजिर गराइएका अग्रवालको बयान र थुनछेक बहस नभ्याइने भएपछि सीआईबीमै फर्काइएको हो । उनको बिहीबार उच्च अदालत पाटनमा बयान र थुनछेकसम्बन्धी बहस हुने भएको छ ।






