Online Bichar
बुधबार, साउन ०६, २०८३ | Wednesday, July 22, 2026

काठमाडौं, ६ साउन २०८३ । पक्राउ परेका व्यवसायी शंकरलाल अग्रवाल प्रहरीले उच्च अदालत पाटनमा उपस्थित गराएको छ । शंकरलाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार डिल्लीबजारबाट पक्राउ गरेको थियो । शंकरलाई बुधबार नै उच्च अदालत पाटन उपस्थित गराएको ब्युरोका एसएसपी अनुपशमशेर राणाले बताए ।

अग्रवाल परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरेको थियो । शंकरलालका छोरा शुलभ अग्रवाल हाल सोही अभियोगमा पुर्पक्षका लागि थुनामा छन् ।

व्यवसायी दीपक भट्टसित अग्रवाल परिवार जोडिएको खुलेपछि अनुसन्धान थालिएको थियो । सम्पत्ति शुद्धीकरण कसुरमै दीपक भट्टसमेत थुनामा पुगेका छन् । शंकललालविरुद्ध बैंकिङ कसुरको मुद्दासमेत छ ।

तपाईको प्रतिक्रिया