Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

एजेन्सी, १६ असार २०८३ । चार पटकको विश्वविजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै पाराग्वे फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। निर्धारित र थप गरिएको १२० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।

गुस्ताभो अल्फारोको प्रशिक्षणमा रहेको पाराग्वेले बलियो जर्मनीविरुद्ध उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गर्‍यो। जर्मनीले खेलभरि बल आफ्नो नियन्त्रणमा राखे पनि पाराग्वेको रक्षापंक्तिलाई तोड्न निकै संघर्ष गर्नुपरिरह्यो।

पहिलो हाफमा लेरोय साने, फ्लोरियन विर्ट्ज र काइ हाभर्ट्जका प्रहारहरूलाई पाराग्वेका गोलकिपर ओर्लान्डो गिल र डिफेन्डरहरूले विफल पारिदिएका थिए।

पहिलो हाफको अन्त्यतिर पारागंवैले अग्रता लियो। कर्नर बाटआएको बललाई जर्मनीका गोलकिपर मानुएल नोयरले पञ्च गरेर बल बाहिर पठाए पनि पाराग्वेका माथियास गालार्जाले पुनः मिलाइदिएको उत्कृष्ट क्रसमा जुलियो एन्सिसोले फ्रि(हेडरमार्फत सुन्दर गोल गरे।

दोस्रो हाफमा आक्रामक रूपमा मैदान उत्रिएको जर्मनीले चाँडै नै बराबरी गोल फर्कायो। फ्लोरियन विर्ट्जले देब्रे विंगबाट उपलब्ध गराएको क्रसलाई काइ हाभर्ट्जले हेडमार्फत खेलको ५४औँ मिनेटमा अग्रता लियो।

खेलको उत्तरार्धमा जर्मनीले जितका लागि चौतर्फी आक्रमण गरे पनि पाराग्वेले रक्षापंक्तिलाई बलियो बनाउरु रोकेर राख्यो। जर्मनीका प्रशिक्षक युलियन नागेल्सम्यानले पेनाल्टी सुटआउट टार्न आफ्ना सबै आक्रामक खेलाडीहरूलाई मैदान प्रवेश गराएका थिए।

जोनाथन टाहले जर्मनीका लागि गोल गरे पनि, बल प्रहार गर्नुअघि वाल्डेमार एन्टोनले पाराग्वेका गोलकिपर गिलमाथि फाउल गरेको भन्दै रेफ्रीले उक्त गोललाई मान्यता दिएनन्।

जर्मनीले आफ्ना समर्थकहरूका अगाडि पहिलो पेनाल्टी प्रहार गर्ने निर्णय गरेको थियो, तर सुरुवात नै खराब रह्यो। पाराग्वेका गोलकिपर गिलले जर्मनीका पहिलो पेनाल्टी प्रहारकर्ता काइ हाभर्ट्जको प्रहार उत्कृष्ट ढङ्गले बचाए।

त्यसपछि दुवै टोलीबाट केही पेनाल्टीहरू मिस भए। अन्ततः पाराग्वेका होसे कानालेसले शान्तपूर्वक गोल गर्दै टोलीलाई ४९३ को ऐतिहासिक जित दिलाए।

यो ऐतिहासिक जितसँगै दक्षिण अमेरिकी टोली पाराग्वेले अब जुलाई ४ मा फिलाडेल्फियामा हुने अन्तिम १६ को खेलमा फ्रान्स र स्वीडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया