काठमाडौं, २९ जेठ २०८३ । साताको अन्तिम कारोबारमा चार अंक घटेर सेयर बजार बन्द भएको छ । उतारचढाव देखिएको बजार चार अंक घट्दै २७२४.०३ विन्दुमा झरेको हो ।
बजार नकारात्मक हुँदा ९२ कम्पनीको सेयर मूल्य बढेको छ । १६७ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य स्थिर छ ।
बजारसँगै कारोबार चार अर्ब ३४ करोड १० लाख ९४ हजार ७६४ रुपैयाँबराबरको सेयर किनबेच भएको छ । ९८ लाख ५६ हजार ५२५ कित्ता सेयर ५४ हजार १७७ पटकमा किनबेच भएको छ ।
सोपान फर्माटिकल्स, एपोलो हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, सिद्धार्थ इभेष्टमेन्ट ग्रोथ स्किम, हिमाल दोलखा हाइड्रो लगायतका कम्पनी उच्च कारोबार गर्ने शीर्ष स्थानमा रहे ।
समूहगत सूचकतर्फ म्युचअल फन्ड, नन लाइफ इन्स्योरेन्स, अदर र ट्रेडिङ समूह बढेका छन् । बाँकी समूहको सूचक घटेका छन् ।






