Online Bichar
बिहिबार, आषाढ ३२, २०८३ | Thursday, July 16, 2026

झापा, २९ जेठ २०८३ । झापाको भद्रपुर नगरपालिका–५ राई बस्तीबाट भन्सार छली गरी भारतबाट नेपाल ल्याइएको रंग प्रहरीले बरामद गरेको छ।

शुक्रबार बिहान १०ः३० बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा अवैध रूपमा ल्याइएको एशियन पेन्ट्स (वुड प्राइमर) नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार १ लिटरका १२ पिस र ४ लिटरका २ पिस गरी जम्मा २० लिटर रंग बरामद गरिएको छ। बरामद रंगको अनुमानित मूल्य १० हजार १३२ रुपैयाँ रहेको छ।

उक्त रंग भन्सार छली गरी लुकाइछिपाइ नेपाल भित्र्याइएको सूचनाका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बरामद सामग्री वडा प्रहरी कार्यालय भद्रपुरमा राखी आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाइएको छ।

तपाईको प्रतिक्रिया