सप्तरी, १४ वैशाख २०८३ । सप्तरीको बोदेबर्साइन नगरपालिकामा आज बिहान शौचालयमा लड्दा एक जना सशस्त्र प्रहरी हबलदारको मृत्यु भएको छ।
सशस्त्र प्रहरी बल राजविराज कार्यालयका अनुसार बारा जिल्लाको पचरौता नगरपालिका–८ अमरपट्टी घर भएका ३५ वर्षीय हबलदार जितेन्द्र यादवको मृत्यु भएको हो।
बोदेबर्साइन नगरपालिका–५ स्थित सशस्त्र प्रहरीको क्याम्पमा कार्यरत यादव बिहान शौचालय जाने क्रममा एक्कासी लडेका थिए। लडेर गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी उपचारका लागि लैजाने प्रयास गरिए पनि उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।






