Online Bichar
सोमबार, बैशाख १४, २०८३ | Monday, April 27, 2026

काठमाडौं, १४ वैशाख २०८३ । सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) को महानिरीक्षक (आईजीपी) मा एआईजी नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो। हालका आईजीपी राजु अर्याल वैशाख १८ गते चारवर्षे कार्यकाल पूरा गरेर अवकाशमा जाँदै छन्।

उनले २०७९ वैशाख १९ देखि सशस्त्र प्रहरी बलको कमान्ड सम्हाल्दै आएका थिए। अर्यालको अवकाश हुन चार दिन बाँकी रहँदा सरकारले नयाँ आईजीपी नियुक्ति गरेको हो।

आईजीपी पदका लागि एआईजीद्वय बंशी दाहाल र गणेश थापा मगर पनि प्रतिस्पर्धामा रहेका थिए। तर, बरियतामा पहिलो नम्बरमा रहेका पौडेललाई सरकारले आईजीपीमा नियुक्त गरेको जनाएको छ। नवनियुक्त आईजीपी पौडेलले अब सशस्त्र प्रहरी बलको नेतृत्व सम्हाल्नेछन्।

तपाईको प्रतिक्रिया