Online Bichar
सोमबार, बैशाख १४, २०८३ | Monday, April 27, 2026

झापा, १४ वैशाख २०८३ । झापाको बिर्तामोड नगरपालिकास्थित एक डान्सबारमा गएराति भएको झै-झगडापछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ भने एक जना फरार रहेका छन्।

आज (सोमबार) बिहानको राति करिब १:३० बजे बिर्तामोड–२ स्थित गन्तव्य डान्सबारमा झै-झगडा भएको सूचनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

घटनामा परी मेचीनगर–१ बस्ने २० वर्षीय सिद्धार्थ साही र ३० वर्षीय कर्ण राई घाइते भएका छन्। साहीको टाउकोमा चोट लागेको छ भने राईको अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ। दुवै जनाको अवस्था सामान्य रहेको र उनीहरू बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचाररत छन्।

प्रहरीले घटनामा संलग्न मेचीनगर–१२ बस्ने २१ वर्षीय निशान लामा, २२ वर्षीय प्रशान्त लिम्बु र भद्रपुर–८ बस्ने २२ वर्षीय नित्य राजवंशीलाई नियन्त्रणमा लिएको छ।

यसैबीच, अर्जुनधारा नगरपालिका निवासी २० वर्षीय लाक्पा तामाङ भने फरार रहेका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

तपाईको प्रतिक्रिया