काठमाडौं, ११ वैशाख २०८३ । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी मोहम्मद आदिल आलम सवारी दुर्घटनामा परेका छन् । शुक्रबार आदिल बाराको सिमरनगौढस्थित जोलाही टोलनजिक मोटरसाइकल दुर्घटनामा परेका हुन् ।
दुर्घटनास्थल र उनको घर नजिकै रहेको खुलेको छ । आदिलाई दुर्घटनालगतै उपचारका लागि बाराको एलएस न्युरो एन्ड जेनरल अस्पतालमा लगिएको थियो ।
आदिलले सन् २०२२ मा पपुआ न्युगिनीविरुद्ध खेल्दै नेपालबाट टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । त्यसैगरी, सोही वर्ष पियरल्यान्डविरुद्धको एकदिवसीय क्रिकेट खेल्दै आदिलले नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।
राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर आदिल मधेस प्रदेशका प्रभावशाली क्रिकेटर हुन् । हालै सम्पन्न प्रधानमन्त्री कपमा पनि उनले मधेस प्रदेशबाटै खेलेका थिए ।
गत वर्षको मंसिरमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा उनले काठमाण्डू गुर्खाजको प्रतिनिधित्व गरेका थिए ।






