Online Bichar
शुक्रबार, बैशाख ११, २०८३ | Friday, April 24, 2026

काठमाडौं, ११ वैशाख २०८३ । बुद्ध एयर को काठमाडौंबाट चितवनको भरतपुरतर्फ उड्न लागेको एक विमानमा झ्यालको सिसा खसेपछि उडान रोकिएको छ।

शुक्रबार दिउँसो करिब १२ः२० बजे उडानको तयारीमा रहेको विमानमा यात्रुले आपत्कालीन ढोका खोल्दा झ्यालको सिसा झरेको जनाइएको छ। उक्त घटनापछि सुरक्षाका कारण उडान तत्काल स्थगित गरिएको हो।

घटनापछि प्रभावित यात्रुहरूलाई अर्को विमानमार्फत भरतपुर पठाइएको नेपाल नागरिक उड्डयन प्राधिकरण का प्रवक्ता ज्ञानेन्द्र भुल ले जानकारी दिए।

यता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता सन्तुष्टकुमार बस्नेत का अनुसार बुद्ध एयरले यसलाई सामान्य घटना भएको बताएको छ। तर, घटनाबारे थप स्पष्ट पार्न विमानस्थल कार्यालयले बुद्ध एयरसँग स्पष्टीकरण मागेको छ।

तपाईको प्रतिक्रिया