Online Bichar
शनिबार, भाद्र ०६, २०८३ | Saturday, August 22, 2026

काठमाडौं, ११ वैशाख २०८३ । नेपाली कांग्रेस संसदीय दलको चुनाव तत्कालका लागि स्थगन गरिएको छ। शुक्रबार सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्मा को नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरेपछि निर्वाचन रोकिएको हो।

बैठकले शर्माको नेतृत्वमा दुई उपसभापति र दुई महामन्त्री समेटिएको कार्यदल बनाएको छ। उक्त कार्यदलले संसदीय दलको नेतृत्व चयनका लागि सर्वसम्मति जुटाउने प्रयास गर्ने जिम्मेवारी पाएको छ।

निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेही का अनुसार कार्यदलले सहमतिका लागि ‘होमवर्क’ गरेपछि मात्र आवश्यक परे चुनावी प्रक्रिया अघि बढाइनेछ। सहमति हुन नसके मात्रै चुनावी कार्यतालिकामा जाने उनले बताए।

तपाईको प्रतिक्रिया