Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, गौरादह– पाडाजुँगी–गौरादह सडकखण्डमा सुक्रबार दिउँसो ट्र्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–१ निवासी २३ वर्षीय भानु थापा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मे८प ४०८७ नंको मोटरसाइकलमा सवार थापालाई गौरादहबाट उत्तरतर्फ आइरहेको मे१त ४५०१ नंको ट्र्याक्टरले ठक्कर दिएको प्रहरी नायब निरीक्षक याम खड्काले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते थापालाई उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । दुर्घटनामा संलग्न सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया