Online Bichar
बुधबार, बैशाख १६, २०८३ | Wednesday, April 29, 2026

झापा, ४ भदौ २०८२ । झापाको कचनकवलमा एक युवती रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् । कचनकवल गाउँपालिका-७ स्थित सुकुम्वासी टोल निवासी नेस्मुदिन मियाँकी २२ वर्षीया छोरी रुज्वानी मियाँ आज बिहान मृत फेला परेकी हुन।

उनी मंगलबार साँझ ५ बजेदेखि हराइरहेकी थिइन् । परिवार र स्थानीयले खोजतलास गर्ने क्रममा दीपज्योति सामुदायिक वनको ब्लक नम्बर ५ मा रहेको सखुवाको रुखमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनको आत्महत्या बारे केही कारण भने खुलेको छ । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।रासस

 

तपाईको प्रतिक्रिया