Online Bichar
शनिबार, आश्विन १३, २०८० | Saturday, September 30, 2023

झापा, १९ जेठ २०८० । झापा प्रहरीले १ महिला र २ पुरुष सहित ३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-११ बस्ने ४८ वर्षिय माहिला तामाङ भन्ने रविन तामाङ, गौरीगञ्ज गाउँपालिका-६ बस्ने ६३ वर्षिया मिना भन्ने भुटिकुमारी राजवंशी र कनकाई नगरपालिका-५ बस्ने ३५ वर्षिय मोहन साह रहेका छन् ।

तामाङलाई झापा जिल्ला अदालतको २०७९ वैशाख ५ गतेको फैसला अनुसार लागुऔषध मुद्धामा १ वर्ष कैद र ५ हजार जरिवाना फैसला भएको थियो । उनलाई यहि जेठ १७ गते पक्राउ गरिएको जनाइएको छ। झापा जिल्ला अदालतको २०७६ असार १ गतेको फैसला अनुसार लागुऔषध (गाजा) मुद्धामा १५ दिन कैद सजाय फैसला भएकोमा फरार रहेकी राजवंशीलाई १८ गते बुधबार पक्राउ गरिएको थियो। यस्तै, अर्का फरार प्रतिवादी साहलाई झापा जिल्ला अदालतको २०७८ चैत ८ गतेको फैसला अनुसार चोरी मुद्धामा २ महिना कैद र ५ हजार जरिवाना फैसला भएकोमा फरार रहेका थिए ।

फरार प्रतिवादीहरु तीन जनालाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । फैसला कार्यन्वयनको निमित्त जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हुँदा अदालतको आदेशले कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया