Online Bichar
सोमबार, भाद्र ०८, २०८३ | Monday, August 24, 2026

एजेन्सी, २८ वैशाख २०८१ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतको दुई न्यायाधीशको इजलासले अन्तरिम जमानत दिएको छ। अदालतले उनलाई २ जुनमा आत्मसमर्पण गर्न भनेको बिबिसीले जनाएको छ।

मार्च २१ देखि हिरासतमा रहेका अरविन्द केजरीवालले अब जुन २ सम्म लोकसभा चुनावको प्रचार गर्न सक्नेछन्। अन्तरिम जमानतको घोषणा गर्दा अदालतले केजरीवालको गिरफ्तारीलाई चुनौती दिने सम्पूर्ण मुद्दाको सुनुवाइ चाँडै टुङ्गिने बताएको छ।

अदालतले भन्यो, ‘हामी छिट्टै यस मुद्दाको सुनुवाइ गरेर टुंगो लगाउने प्रयास गर्नेछौँ।‘

लिखित आदेश आउन बाँकी छ। अदालतले अगस्ट २०२२ मा दर्ता भएको मुद्दामा केजरीवाललाई डेढ वर्षपछि पक्राउ गरिएको जनाएको छ।

न्यायाधीश सञ्जीव खन्नाले भने, ‘पक्राउ पहिले वा पछि हुन सक्छ।’

 

तपाईको प्रतिक्रिया