सुनसरी, ६ मंसिर २०८३ । प्रहरीले ४९९ किलो गाँजासहित धरानबाट एक भारतीय नम्बर प्लेटको गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले बीआर ११ वाई ३०३९ नम्बरको गाडीसहित चालक मोरङको विराटनगर महानगरपालिका–१३ का ३२ वर्षीय अजयकुमार साहलाई नियन्त्रणमा लिएको छ ।
सो गाडीभित्र खानतलासी गर्दा ४९९ किलो तयारी गाँजा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार धरान उपमहानगरपालिकाबाट इटहरी उपमहानगरपालिका तर्फ गइरहेको बेला सेउती पुलमा शनिबार राति नियमित चेकजाँच गर्दा गाँजा बरामद भएको हो ।
प्रहरीले शनिबार राति नै सुनसरीको दुहवी नगरपालिका–७ बाट धरान उपमहानगरपालिका–२० का २१ वर्षीय गौरव राईलाई २१ किलो ९८० ग्राम गाँजासहित पक्राउ गरेको थियो ।






