Online Bichar
मंगलबार, जेठ ०८, २०८१ | Tuesday, May 21, 2024

काठमाडौँ, २८ वैशाख २०८१ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु. दुई हजार तीन सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु. एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो । आजका लागि भने छापावाला सुन तोलामा रु. एक लाख ३७ हजार नौ सय बराबरको मूल्य निर्धारण भएको छ ।

त्यस्तै, तेजाबी सुन बिहीबार प्रतितोला रु. एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो । आजका लागि भने तेजाबी सुन रु.एक लाख ३७ हजार दुई सय ५० निर्धारण भएको छ ।

यसैगरी, चाँदी भने तोलामा रु. ५० ले बृद्धि भएको छ । बिहिबार प्रतितोला रु. एक हजार छ सय ८५ मा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय ३५ निर्धारण भएको जनाइएको छ ।रासस

 

तपाईको प्रतिक्रिया