Online Bichar
सोमबार, जेठ ०७, २०८१ | Monday, May 20, 2024

झापा, २८ वैशाख २०८१ । झापाको मेचीनगरबाट अवैध रुपमा भन्सार छली ल्याउदै गरेको जुत्ता,चप्पल बरामद गरिएको छ । आज बिहान अन्दाजी ४ बजेको समयमा प्रहरी चौकी सतिघट्टाबाट खटिएको प्रहरी टोलिले मेचिनगर नगरपालिका-७ मलामिटार स्थितमा भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली ल्याउदै गरेको जुत्ता, चप्पल फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अन्दाजि ६५ हजार मूल्य बराबरको सामान नियन्त्रण गरी प्रहरी चौकी सतिघट्टामा ल्याई राखिएको जनाइएको छ । उक्त सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया