Online Bichar
सोमबार, बैशाख ०८, २०८२ | Monday, April 21, 2025

काठ्माडौं, ७ जेठ २०८१ । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका प्रतिनिधि सभा सांसद धनराज गुरूङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध निवेदन दिएका छन्।

सभामुख देवराज घिमिरेलाई सम्बोधन गर्दै उपसभापति गुरूङले सोमबार निवेदन दिएका हुन्।

उपसभापति गुरूङले ‘सत्यतथ्य नबोल्ने गृहमन्त्रीमाथि संसदको अवहेलनामा कारबाही गर्नु मागसहित निवेदन दिएका छन्।

गृहमन्त्री लामिछानेले आइतबारको प्रतिनिधि सभाको रोस्टमबाट तथ्यहीन अभिव्यक्ति दिएको गुरूङको भनाइ छ।

अदालतले गरेको फैसलामाथि गृहमन्त्री लामिछानेले धावा बोलेको गुरूङले उल्लेख गरेका छन्। गृहमन्त्री लामिछानेले ‘अदालतबाट सफाइ पाइसकेको रातो कुटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी आम नागरिकबीच भ्रम सिर्जना गर्न खोजेकोु गुरूङको भनाइ छ।

गृहमन्त्रीले तथ्यहीन कुरा बोल्दा संसदको अवहेलना हुन पुगेको गुरूङको भनाइ छ।

‘उहाँले बोलेका कुरा पुष्टि गर्न म चुनौती दिन चाहन्छु, पुष्टि नभएमा उहाँमाथि कारबाही गर्न माग गर्दछु,’ सांसद गुरूङले भनेका छन्।

सांसद गुरूङले सर्वोच्च अदालतले २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपी पनि निवेदनसँगै राखेर सभामुखलाई दिएको उल्लेख गरेका छन्।

 

तपाईको प्रतिक्रिया