Online Bichar
शुक्रबार, जेठ ०३, २०८२ | Friday, May 16, 2025

काठमाडौं, ७ जेठ २०८१ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधसँगै राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ। सोमवारको राष्ट्रिय सभा बैठकमा पनि काँग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि बैठक स्थगित भएको हो।

कांग्रेसको बिरोधपछि बैठक मंगलवार सवा १ बजेसम्मका लागि स्थगित भएको छ। सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक अवरुद्ध हुँदा काम कारबाहीह अघि बढ्न नसकेको र प्राप्त उपलब्धिहरुमाथि औंला ठड्याउने काम भइरहेको बताए।

उनले राष्ट्रिय सभा सबै समस्या हल गर्ने थलो भएकाले आसन ग्रहण गरेर बैठक सञ्चालन गर्न दिन आग्रह गरे। अध्यक्षको आग्रहपछि पनि काँग्रेसले उठेर विरोध जनाएपछि बैठक मंगलवारसम्मका लागि स्थगित गरिएको अध्यक्ष दाहालले घोषणा गरे।

तपाईको प्रतिक्रिया