Online Bichar
आइतबार, बैशाख ०७, २०८२ | Sunday, April 20, 2025

काठमाडौँ, २८ वैशाख २०८१ । औषधि व्यवस्था विभागले नेपाली बजारमा धेरै बिक्री हुने दुईवटा औषधि बेचबिखनमा प्रतिबन्ध लगाएको छ। बजार अनुगमनको क्रममा गुणस्तरहीन भेटिएको भन्दै विभागले ती औषधिलाई अबदेखि बजारमा बिक्रीवितरण गर्न रोक लगाएको हो।

प्रतिबन्ध लगाइएका औषधिहरुमा बाराको नेशनल हेल्थ केयरले उत्पादन गरेको पीडीडीटी २२०४९ ब्याच नम्बरको प्रोडोक्जिम ड्राई सिरप र रुपन्देहीको एशियन फर्मास्युटिकलले उत्पादन गरेको आईएनडीएच ९०२९ ब्याच नम्बरको इन्सेफ ड्राई सिरप रहेक‍ा छन्।

यी दुवै औषधि गुणस्तरहीन रहेकाले प्रयोग गर्न अनुपयुक्त भएको भन्दै प्रतिबन्ध लगाइएको औषधि विभागका महानिर्देशक नारायण ढकालले जनाएका छन्।

त्यसबारे सबै विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरुलाई निर्देशन दिँदै विभागले ती औषधिहरुको सिफारिश, बिक्रीवितरण तथा प्रयोग नगर्न खुद्रा औषधि व्यवसायी तथा प्रयोगकर्ताहरुलाई अनुरोधसमेत गरेको छ।

 

तपाईको प्रतिक्रिया