Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

एजेन्सी, ८ चैत २०७९ । रुसी र चीनबीच आपसी सम्बन्धलाई थप उचाई दिने गरी नयाँ सहमति भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको रुस भ्रमणका क्रममा सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँ सहमति भएको हो ।

चिनियाँ राष्ट्रपति सीले रुसी समकक्षी पुटिनसँगको नयाँ सम्झौताले सम्बन्धमा नयाँ युग सुरू भएको बताउनु भएको छ ।

‘हामीले रणनीतिक साझेदारीलाई नयाँ आयाम दिने गरी सम्झौता गरेका छौं र यसले रुस–चीन सम्बन्धमा नयाँ युग सुरू हुनेछ’ सीले भन्नुभएको छ ।

यस्तै, रुसी राष्ट्रपति पुटिनले ब्यवहारिक सहयोगमा आफूहरुको प्राथमिकता रहेको भन्दै सबैखाले सम्बन्धहरुलाई अघि बढाउने गरी सम्झौता भएको बताउनुभयो ।

दुई नेताले आफूहरु सधैं शान्तिको पक्षमा रहेको भन्दै युक्रेन संकटको समाधान पनि वार्ताबाटै गर्न सकिन्छ भन्नेमा विश्वस्त रहेको उल्लेख गर्नुभयो ।

भ्रमणको अन्त्यमा जारी गरिएको संयुक्त वक्तब्यमा युक्रेन संकटलाई नाटोमा आवद्ध देशहरुले उछालिरहेको आरोप लगाइएको छ ।

यस्तै, चीनले अघि सारेको १२ बूँदे प्रस्तावमा आधारित रहेन शान्ति वार्ता अघि बढाउन सकिने पनि उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया