Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

ताप्लेजुङ, ७ चैत २०७९ । कोशी प्रदेशका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्र आङ्वोमाथि आक्रमणको प्रयास भएको छ ।

मंगलबार पार्टीको बैठकका लागि ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने क्रममा फुङलिङ नजिकै मेची राजमार्ग अन्तर्गत बहानन्दे क्षेत्रमा आङ्वो सवार गाडीमा ढुंगा प्रहार भएको हो । आक्रमणको प्रयास भएपनि आङ्वो भने सकुशल रहेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनुभयो ।

आक्रमणको जिम्मा हालसम्म कसैले लिएको छैन । कोशी प्रदेश खारेजी संयुक्त संघर्ष समितिले सदरमुकाम फुङलिङमा कालो झण्डा देखाउन खोजेको थियो । तर, आक्रमणको सम्बन्धमा आफूहरुलाई जानकारी नभएको समितिले जनाएको छ ।

नेता आङ्वोका साथमा माओवादी केन्द्रका प्रदेश संयोजक हर्क नेम्वाङ समेत रहनुभएको थियो ।

 

तपाईको प्रतिक्रिया