Online Bichar
शनिबार, बैशाख २९, २०८१ | Saturday, May 11, 2024

झगेन्द्र खड्का
गौरादह, २३ असोज २०७८ । राप्रपाका केन्द्रीय विशेष समिति सदस्य राजेन्द्र लिङदेनले हिन्दु राष्ट्र र राजतन्त्रका पक्षमा जनमत जुटाउन नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन। झापाको गौरादहमा राप्रपा नगर समिति गौरादहले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोदन गर्दै नेता लिङदेनले पार्टीलाई जनता समक्ष बिस्वास दिलाउन सहि नेतृत्वको आवश्यकता रहेको धारणा राखेका थिए।

राप्रपा पार्टीले राजतन्त्र र हिन्दुराज्यको अवधारणा लिएपनि राजा आउदा जनता पछि लाग्ने तर नेतालाई बिस्वास नगरेको बताएका छन।नेता लिङदेनले अधिकांश समय पार्टीको केन्द्रीय महादिबेशनलाई लक्षित गरि बोलेका थिए।त्यस अवसरमा पार्टीका केन्द्रीय निर्देशन समिति सदस्य भक्ति सिटौला र लक्ष्मी संग्रौला केन्द्रीय सदस्य राजेश गिरी लगायतले शुभकामना मन्तब्य राखेका थिए।

त्यस अवसरमा जिल्ला सदस्य प्रेम कुमारी घिमिरे, भिम बस्नेत,क्षेत्रीय अध्यक्ष भिम पौडेल, उपाध्यक्ष खेम राज तिम्सिना, गौरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, पत्रकार सान नेपाल लगायतले शुभकामना मन्तब्य राखेका थिए।राष्ट्रिय प्रजातन्त्र पार्टी नगर समिति गौरादहले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि नगरभित्रका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ। नेपालीहरुको महान चार्ड बडादशैं शुभदिपावाली तथा छठ पर्वको अवसरमा नगरभित्रका ६० जना जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई सम्मान गरेको हो।

त्यस अवसरमा पर्दाफास मिडिया नेटवर्क प्रालिका सम्पादक सान नेपालले नेपालीको संसदिय अभ्यासमा राष्ट्रिय प्रजातन्त्र पार्टी बिषयमा बिद्वाबारुधी गरेका डा। राजेश चन्द गिरीलाई सम्मान गरेका थिए। जानकीस्वर शिवालय मन्दिरको सभाहलमा आयोजित कार्यक्रमा अन्य पार्टी परित्याग गरि राप्रपामा प्रबेश गरेका नागरिकहरुलाई सम्मान गरिएको थियो। अन्य पार्टी परित्याग गरि २५ जना राप्रपामा प्रबेश गरेका थिए। पार्टीका गौरादह नगर अध्यक्ष शान्तिराम पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर सचिब युवराज पौडेलले कार्यक्रम संचालन गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया