Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

एजेन्सी, ३१ साउन २०७८ । भारतसँगको दोस्रो टेस्टको पहिलो पारीमा इंग्ल्याण्डले अग्रता बनाएको छ । लड्र्समा तीन विकेट गुमाएर एक सय १९ रन बनाएको अवस्थामा तेस्रो दिनको खेल सकिँदा इंग्ल्याण्डले २७ रनको अग्रता बनाएको हो ।

इंग्ल्याण्ड ३ सय ९१ रनमा अलआउट भएको छ । उसका लागि जोय रुटले शतक प्रहार गरेका छन् । १ सय ८० रनमा अविजित रहेका रुटले टेस्ट क्रिकेटमा ९ हजार रन पूरा गरेका छन् ।

रुटले पहिलो टेस्टमा पनि शतक बनाएका थिए । यस्तै जोनी बेयस्र्टोले ५७ रनको अर्धशतकीय पारी खेले । भारतका मोहमद सिराजले ४ तथा इशान्त शर्माले ३ विकेट लिए ।

त्यस्तै मोहमद शामीले २ विकेट लिए । पहिले ब्याटिङ गरेको भारत पहिलो पारीमा ३ सय ६४ रनमा अलआउट भएको थियो ।

वर्षाले प्रभावित भएको पहिलो टेस्ट बराबरीमा सकिएको थियो । पाँच टेस्टको श्रृंखला खेल्न भारत इङ्ग्ल्यान्ड भ्रमणमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments