Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

४ असार २०७८ । ओलम्पिक २०२० को आयोजक रहेको जापानको टोकियोमा आपतकालीन अवस्था हटाइने भएको छ ।

टोकियो ओलम्पिक २०२० सुरु हुन पाँच हप्ता मात्र बाँकी रहेकाले कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको आपतकालीन अवस्था आगामी आइतबारबाट हटाइने भएको हो ।

गत अप्रिलबाट टोकियोमा लगाइएको आपतकालीन अवस्था कोरोना संक्रमितको संख्या बढेपनि खेल प्रभावित हुने भन्दै आइतबारबाट प्रतिबन्धहरु हटाउन लागिएको हो ।

तर स्वास्थ्य सावधानी भने खेल अवधिभर नै कायम रहने आयोजकले जनाएको छ । आगामी जुलाई २३ देखि टोकियो ओलम्पिक २०२० सुरु हुँदैछ ।

कोरोना महामारी जारी रहेकाले प्रतियोगिताहरु घरमै बसेर हेर्न प्रधानमन्त्री योशिहिदा सुगाले अपील गर्नुभएको छ ।

तर आयोजकले जापानी खेल प्रेमीलाई प्रतियोगितामा प्रत्यक्ष सहभागी हुन दिने वा नदिने भन्नेबारेमा हालसम्म कुनै निर्णय गरेको छैन ।एजेन्सी

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments