Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

३ असार २०७८ । युरोकप २०२० अन्तर्गत समुह चरणका अन्य आज तीन खेल हुँदैछन । पहिलो खेल युक्रेन र नर्थ मेसोडोनियबिच हुँदैछ । सो खेल नेपाली समयअनुसार साँझ ६:४५ वजे शुरु हुनेछ ।

यस्तै दोस्रो खेल डेनमार्क र वेल्जियमबिच हुनेछ । यो खेल नेपाली समयअनुसार ९:४५ वजे हुनेछ ।

समुह चरण सीको अर्को खेलमा भने नेदरल्याण्डले अस्ट्रियासङ्ग राति १२:४५ वजे प्रतिस्पर्धा गर्दैछ ।

यसैबिच हिजोको खेलमा समुह ए वाट इटली अन्तिम १६ मा प्रवेश गरेको छ । आज विहान सम्पन्न खेलमा इटलीका म्यानुएल लोकाटेलिको व्यक्तिगत २ गोलको सहयोगले इटलीले स्विट्जरल्याणडलाइ ३-० गोलको अन्तरले पराजित गरेको हो ।

पहिलो हाफको २६ औँ मिनेटमै लोकाटोलीले पहिलो गोल गर्दै इटलीलाइ अग्रता दिलाएका थिए । दोश्रो हाफको ५२ औँ मिनेटमा लोकाटोलीले अर्को गोल गर्दै इटलीको अग्रता दोव्वर वनाएका हुन् ।

खेलको अन्त्य तिर अर्थात ८९ औँ मिनेटमा इम्वोविले अर्को गोल गर्दै इटलीलाइ ३-० को जीत पक्का वनाएका थिए । समुह ए चरणकै गएराति सम्पन्न अर्को खेलमा वेल्सले टर्कीलाइ २-० गोलले पराजित गर्दै नक आउट चरणमा पुग्ने सम्भावना वलियो वनाएको छ । यो जितसंगै वेल्स २ खेलमा ४ अङ्क जोड्दै दोश्रो स्थानमा छ भने इटली ६ अङ्क सहित पहिलो स्थानमा रहेको छ। अव इटलीले समुह चरणको अन्तिम खेल वेल्स सङ्ग खेल्नेछ।

गएराति सम्पन्न समुह वी को खेलमा रसियाले फिनल्याण्ड माथि १-० गोलको जित निकालेको छ । रसिया यो जित सङ्गै आफुलाइ समुह चरणको दोश्रो स्थानमा राख्न सफल भएको छ । समुह वी को पहिलो स्थानमा भने वेल्जियम रहेको छ ।

 

तपाईको प्रतिक्रिया