Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २ असार २०७८ । नेपाल सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कप छनोटको तेस्रो चरणमा पुग्न सफल भएको छ ।

एसियाली फुटबल महासंघ एएफसीले परिमार्जन गर्दै बुधबार सार्वजनिक गरेको नयाँ ढाँचा अनुसार नेपालले तेस्रो चरणमा स्थान बनाउन सफल भएको हो ।

एएफसीले बनाएको नयाँ ढाँचासँगै अब नेपालले तेस्रो चरणमा पुग्नका लागि प्ले–अफ खेल्न नपर्ने भएको छ ।

कुवेतमा सम्पन्न दोस्रो चरणको खेलपछि नेपाल चौथो स्थानमा रहेको थियो ।

नेपालको विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना सकिएको भए पनि एसिया कपका लागि भने छनोट भएको हो ।

नेपालले समूह बी मा ६ अंक जोड्ने क्रममा चाइनिज ताइपेईलाई दुवै खेलमा हराएको थियो ।

तेस्रो चरणको छनोटमा २४ टिमको सहभागिता रहने छ ।

 

तपाईको प्रतिक्रिया