Online Bichar
आइतबार, बैशाख १६, २०८१ | Sunday, April 28, 2024

जिज्ञासु घिमिरे
कक्षा–२

९ जेठ २०७८
कोरोना भाइरस एउटा रोग हो । अहिले कोरोना देशभरी फैलिएको छ । त्यसैले हामी सुरक्षित हुनु पर्छ । यो कोरोनाको बेला मास्क लगाउन नबिर्सिउँ । सेनिटाइजर पनि लगाऔं । कोरोनाले गर्दा हामी स्कुल जान पाएका छैनौं ।

यो कोरोनाले गर्दा हामीलाई कति नोक्सान भइरहेको छ । मानिसहरु दिन–दिनै मर्दैछन् । यदि कोरोना लाग्यो भने होम क्वारेन्टाइन बसौं । स्वास फेर्न गाह्रो भयो भने मात्र हस्पिटल जानुपर्छ । कोरोना अघिल्लो पटक पनि आएको थियो । घरबाट बाहिर ननिस्कौं । यदि जरुरी काम परेमात्र बहिर जानु पर्छ । हामीले सावधान भएर बस्नुपर्छ ।

आफू बाचौँ र अरुलाई पनि बचाऔँं । कोरोना भाइरसको छिट्टै औषधि पत्ता लगाउन डाक्टरहरले सक्नुभयो भने हामी सुरक्षित हुने थियौं । विद्यालयहरु पनि खुल्ने थिए । कोरोना महामारी छिट्टै अन्त्य भए हामी रमाई–रमाई स्कुल जान पाउने थयौं ।

बजार र पसलहरु पनि खुल्ने थिए । लकडाउन खुलेदेखि हामी घुम्न जान पाउने थियौं । साथी साथी मिलेर रमाइला खेल खेल्ने थियौं । अहिले लकडाउन छ घर भित्रै सुरक्षित बसौं ।

मास्क लगाऔं । सेनिटाइजरको प्रयोग गरौं र छिनछिनमा हात धुने बानी बसालौं । छिट्टै कोरोनालाई जितौं । साथीहरु म त सुरक्षित घरमा छु तपाईँहरु पनि सुरक्षित घरमै बस्नुहोला । हामी कहिलेबाट स्कुल जानु होला ?

सुरज शिक्षा प्रतिष्ठान गौरादह–२, झापा

तपाईको प्रतिक्रिया