Online Bichar
आइतबार, बैशाख १६, २०८१ | Sunday, April 28, 2024

प्रकृती धमला, १६ जेठ २०७८
मेरो घर झापा जिल्लाको दमक नगरपालिका वडा नं. ९ मा पर्दछ । कोरोना महामारीको कारण लकडाउन भएर हामी घर भित्र छौं । स्कुल गएर पढ्न पाएका छैनौं । लामो समयदेखि स्कुल बिदा छ ।

हामी निरोगी भएर बाँच्नु पर्छ । रोग लाग्नबाट बच्न हामीले सावधानी अपनाउनु पर्दछ । कोरोनाबाट बच्न लकडाउनको पालना गरेर घर बस्नु नै राम्रो हो । घरमा बसेर पनि हामीले धेरै कामहरु सिक्न सक्ने रहेछौं । घरको बसाइबाट पनि हामीले धेरै फाइदा लिन सक्दछौं ।

कोरोना भाइरस एक किसिमको भाइरस हो । जुन पहिला मानिसहरुमा देखिएको थिएन । यो भाइरस बिभिन्न माध्यमबाट एक अर्कामा सर्ने गर्दछ । यो भाइरसले सामान्य रुगाखोकी देखि गम्भिर प्रकारको स्वासप्रस्वास सम्बन्धित रोग लगाउन सक्दछ । त्यसैले हामीले घर बाहिर निस्किदा मास्कको प्रयोग गर्नुपर्दछ । सेनिटाइजर लगाउनु पर्दछ ।

कोरोना हजुरहरुमा देखापरेमा आत्तिनु हुँदैन । घरमै होम आइसोलेसनमा बस्नु पर्दछ । घरमै बसी तातो पानी, झोलिलो खानेकुरा खानु पर्दछ । स्वास फेर्न गाह्रो भएमा र जटिल लक्षण भएमा मात्र हस्पिटल जानु पर्दछ । अत्यावस्यक काम परेर घर बाहिर जाँदा हामीले सावधानी अपनाएर जानु पर्दछ । यो रोगसंग डराएर होइन डटेर सामना गर्नु पर्दछ । अहिले लकडाउनको समय छ । स्कुल विदा छ । यो समय हामीले घरमै बसेर पढ्न, लेख्न, घरायसी कामहरु सिक्न सकदछौं ।

आफूले गर्न सक्ने कामहरु जस्तैः लुगा धुन, लुगा मिलाउन, भाइबहिनीलाई पढ्न लेख्न सिकाउन, भान्साको काम सिक्न सघउन । त्यस्तै करेसाबारीमा गोडमेल गर्न, घर सफा गर्न, चित्र बनाउन आदि । लकडाउनमा हामीले घरमा बसेर रमाइला कथा, गीत, कविता, सामान्य ज्ञानका आदिका किताबहरु पढ्नुपर्छ । किताव पढ्ने बानीले हाम्रो ज्ञानको विकास हुन्छ ।

स्कुलमा पढाइहुने आफ्नो कक्षाका कितावहरु पनि पढ्नुपर्छ । कथा, कविता, गीत र निबन्धहरु लेख्न पनि सिक्नु पर्दछ । हामीहरुले यो समयमा आफू पनि बाँचौ र यो महामारीमा अरुलाई पनि बाँच्न बचाउन सिकऔँ । यो समयमा धेरै जना भेला हुनु हुँदैन । खेल्न, घुम्न जानु हँदैन । घरमै बसौं सुरक्षित बनौं ।
एकता एकेडेमी, दमक – ४
कक्षा – ५

तपाईको प्रतिक्रिया