Online Bichar
आइतबार, बैशाख १६, २०८१ | Sunday, April 28, 2024

मानुश्री खतिवडा, १४ जेठ २०७८

हिंजोआज लामो बिदा छ । अहिलेको समयमा कोरोनाको दोस्रो रुप जताततै फैलिरहेको छ । कोरोनाको महामारीबाट बच्दै हामीले हाम्रो दैनिक काम गर्नुपर्दछ । हामीले कोरोनाबाट बच्न घरमै बस्नु पर्दछ र बेलाबेलामा साबुन पानीले राम्रोसंग हात धुनु पर्दछ ।

कोरोनाको महामारी कहिलेसम्म रहने हो हामीलाई थाहा हुदैन । हामीलाई घरमा बस्दा दिक्क लाग्ने गर्दछ । घरमा बस्दाको यो फुर्सदलाई हामीले सदुपयोग गर्नुपर्छ । हाम्रो विद्यालय कहिलेदेखि लाग्ने हो हामीलाई थाह छैन् । यस्तो बेलामा हामीले घरमै बसेर पढ्नु पर्दछ । विद्यालयमा जस्तै रुटिन बनाएर पढ्नु पर्दछ ।

हामीले पढाई संगसंगै अरु कामहरु पनि गर्नु पर्दछ । हामीले हाम्रा भाइ बहिनीहरुलाई पढ्न, लेख्न, खेल्न र बोल्न सिकाउनु पर्दछ । हामीले यस्तो समयमा घरका साना साना आफूले गर्नसक्ने कामहरु सिक्नु पर्दछ । घर हाम्रो पहिले पाठशाला हो । बुबाआमा र हजुरबुवा हजुरआमाहरुबाट पाहिला पहिलाका पुराना कुराहरु सन्न र सिक्न सक्छौं ।

हामी घरमै बसेर धेरै कुरा सिक्न सक्दछौं । घरको काममा हामीले घर सफा गर्ने, आफ्ना कपडा धुन सिक्ने, कपडा मिलाउने र करेसाबारीमा साना साना काम गर्न सघाउनु पर्छ । फुलबारी गोडमेल गर्न र पानी लगाउन सिक्नु पर्छ । बिदाको समयमा हामीले बाल कथा, सामान्य ज्ञान र कविता पढ्ने बानी बसाल्नुपर्छ ।

हामीले राम्रा राम्रा चित्र बनाउन सिक्नु पर्दछ । इनटरनेटबाट हामीले राम्रो राम्रो सामाग्री भिडियो हेरेर बिदाको समयको सदुपयोग गर्नुपर्छ । हामीले हाम्रो अक्षर राम्रो बनाउन जहिले पनि लेख्ने बानी बसाउनु पर्छ । हामीले मोबाइल कम हेर्नु पर्छ । यस्तो रोगको महामारीको समयमा धेरैजना मानिस भेलाभएर जमघट गर्ने, खेल्ने र घुम्नजाने गर्नुहुदैन ।
सफल सिद्धार्थ एकेडेमी, कक्षा ४ , सुन्दर हरैंचा

तपाईको प्रतिक्रिया