Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

पत्रपत्रिकाबाट
काठमाडौँ, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिका देशको सुदूर भविष्य भएको बताउनुभएको छ । उहाँले बालबालिकाको हक, हित र उनीहरूका अधिकारको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै यस आर्थिक वर्षभित्रै नेपाललाई ‘सडक बालबालिका मुक्त राष्ट्र’ घोषणा गर्ने नीति सरकारले लिएको स्पष्ट पार्नुभयो । उहाँले बालबालिका देशको सबल भविष्यका आधार हुन् भन्ने मान्यताप्रति सरकारको निष्ठाका कारण बाल अधिकार संरक्षणमा समर्पित रहेको चर्चा गर्नुभयो । उहाँले यसअघिको पुस्ताले लामो सङ्घर्षमार्फत जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको चर्चा गर्नुहुँदै बालबालिकाको हितमा सरकारले काम गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुुभयोे, “विकृति, पछौटेपन हटाउने, देशलाई एउटा स्वच्छ, समृद्ध, आधुनिक, सभ्य र पुुर्खाले कल्पना गरेअनुरूप ‘सर्वे भवन्तु सुखिनः’ ९सबै सुखी होऊन्०को गन्तव्यमा पु¥याउन सरकार अग्रसर रहेको छ । ”
उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा बालबालिकाको भविष्य भएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “यसको सफलता तपाईंहरूको जीवनको सफलतासँग गाँसिएको छ । नकारात्मक र हानिकारक विचार, प्रवृत्तिबाट बच्दै सकारात्मक र सिर्जनात्मक सक्रियता बढाउनुपर्छ । ”

उहाँले कोभिड–१९ महामारीबाट बालबालिकाको जीवन र पठनपाठनमा गम्भीर असर पारेको चर्चा गर्नुहुँदै महामारी परास्त गर्दै बालबालिकाको भविष्य सुरक्षित गरिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सङ्कटको यस घडीमा बाल अधिकार र सुरक्षामा सक्रिय रहन सम्पूर्ण संयन्त्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था, नागरिक समाजलाई आह्वान गर्नुभएको छ ।

उहाँले नैतिक आचरणमार्फत बालबालिकामा सकारात्मक ज्ञान सम्प्रेषण गर्न अभिभावकलाई अपिल गर्दै भन्नुभयो, “बालबालिका कागजका त्यस्ता खाली पाना हुन्, जहाँ जे लेख्यो त्यही पहिलो अक्षर बन्दछ । बालबालिका सेतो कपडा हुन्, तिनमा जस्तो रङ लगायो जीवनको अन्त्यकालसम्म नमेटिने त्यस्तै छाप बस्न पुग्दछ । ” आजको गोरखापत्रबा

तपाईको प्रतिक्रिया