Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

 

मंसिर २६, २०७४ प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मोरङबाट विजयी भएकाहरु घरदैलो अभियानमा व्यस्त हुन थालेका छन् । विभिन्न दलबाट उम्मेदवारी दिएर निर्वाचनमा विजयी भएकाहरु आ–आफ्ना प्रतिवद्धता पूरा गर्ने बाचासहित आ–आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियान र विभिन्न कार्यक्रममा व्यस्त हुन थालेका हुन् । विजयी भएकाहरुलाई सहभागी गराउँदै ठाउँ ठाउँमा विजय र्‍याली र सभाहरु पनि आयोजना गरिंदैछन् । सभाहरु एवं घरदैलो कार्यक्रममा चुनावका बेलामा दिएका आश्वासन र मतदातासमक्ष गरिएका बाचाहरु पूरा गरेरै छाड्ने प्रतिवद्धता दोहोर्‍याउने क्रम जारी छ ।
मतगणनाको अन्तिम परिणाम आएर विजयी घोषित भइसकेका विजेताहरु यतिबेला घरघरमा पुगेर कार्यकर्ता एवं शुभचिन्तक र मतदातालाई धन्यवाद पनि दिइरहेका छन् । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका वाम गठबन्धन उम्मेदवार एवं एमाले नेता पूर्व मन्त्री लालबाबु पण्डित मंगलबार मोरङको सुन्दरहरैंचामा आयोजित विजय ¥याली र सभामा सहभागी भए । साथै उनले मंगलबार त्यहीं घरदैलो कार्यक्रम गर्दै आफ्ना चुनावी एजेन्डालाई अनुमोदन गरिएको भन्दै सबै मतदातालाई धन्यवाद दिएर एजेन्डा स्थापित गराएरै छाड्ने प्रतिवद्धता दोहो¥याए । विराटनगरमा घरदैलो, मतदाता र शुभचिन्तक भेटघाट गर्ने एक चरणको कार्यक्रम सकेर उनी सुन्दरहरैंचातर्फ लागेका हुन् ।
सुन्दरहरैंचामा आयोजित विजय सभामा उनले निर्वाचनका बेला आफूले मतदातासंँग गरेका सबै प्रतिवद्धता पूरा गरेरै छाड्ने बताए । ‘मेरो पहिलो प्राथमिकता जुनसुकै मूल्य चुकाएर भए पनि विराटनगरलाई १ नम्बर प्रदेशको राजधानी बनाउने नै हो,’ उनले भने, ‘जनताको सहयोगलाई सिरोधार्य गर्दै निर्वाचन क्षेत्रको विकास र समृद्धिका काम अघि बढाइने छ ।’ पण्डितले मुलुकको अहितमा लाग्ने, राष्ट्रिय अखण्डता धुमिल्याउन खोज्ने, जातजाति र धर्म संस्कृतिका बीचमा द्धन्द्ध उत्पन्न गराउने, जातिय नारा दिएर मुलुकलाई विगार्न खोज्ने, भाईचाराको सम्बन्धमा तगारो बन्न खोज्ने र विकास विरोधी कहिल्यै पनि राष्ट्रवादी नहुने बताए ।
‘प्राप्त पछिल्लो जनमतले सबैलाई मुलुकको विकास र समृद्धिका लागि मार्ग प्रसस्त गरिदिएको छ,’ पण्डितले भने, ‘अब राष्ट्र विरोधी तत्वलाई परास्त गर्दै जनताको हित र मुलुकको विकासमा लाग्नु पर्ने बेला आएको छ ।’ उनले मुलुकमा रहेको बेरोजगारीको समस्या हल गर्दै विदेसिएका युवालाई नेपालमै फर्काएर स्वरोजगारमुलक काममा लगाउन आफू लागि पर्ने प्रतिवद्धता दोहो¥याए । ‘उर्जाशील जनशक्ति खाडी मुलुकमा रहँदा मुलुकको विकास ठप्प छ,’ उनले भने, ‘अव उनीहरुलाई स्वदेश फर्काएर उनीहरुका श्रम, समय, सीप र शक्ति मुलुकका लागि खर्चनु छ ।’
त्यस्तै मोरङ क्षेत्र नम्बर ३ बाट विजयी एमाले नेता एवं वाम गठबन्धन उम्मेदवार भानुभक्त ढकाल पनि मंगलबार पथरीशनिश्चरेमा आयोजित विजय ¥याली र सभामा सहभागी भए । ‘यो क्षेत्रको सुकुम्बासी समस्या समाधान गर्दै व्यवस्थित बसोबास बसाउने मेरो मुख्य योजना हो,’ सभामा उनले भने, ‘यो क्षेत्रमा मुख्य समस्याका रुपमा रहेको खोलाको कटान नियन्त्रणका लागि बाँध निर्माण गरेर खोला आसपासमा बसोबास गर्नेलाई सुरक्षित साथ बस्न पाउने व्यवस्था गर्ने अर्को योजना पनि छ ।’ उनले पूर्वाञ्चल विश्व विद्यालयलाई नुमना बनाउने, सडकको विकास, खानेपानी र विजुलीको सुविधा आफ्ना कार्यकालका प्राथमिकतामा रहेको पनि दोहो¥याए ।
क्षेत्र नम्बर २ बाट विजयी कांग्रेस नेता डा. मिनेन्द्र रिजाल पनि आफ्नो निर्वाचन क्षेत्रलाई केन्द्रीत गरेर कार्यकर्ता एवं शुभचिन्तक र मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा व्यस्त छन् । उनले पनि निर्वाचनका बेलामा मतदातासमक्ष गरिएका सबै बाचा पूरा गर्ने प्रतिवद्धता दोहो¥याइरहेका छन् । वाम गठबन्धनका उम्मेदवार एवं माओवादी नेताहरु मोरङ क्षेत्र नम्बर ४ बाट अमनलाल मोदी र ५ बाट विजयी शिवकुमार मण्डलले जनतासंग गरिएका प्रतिवद्धता पूरा गर्ने बाचा सहितको दौडधूपमा व्यस्त रहेको जानकारी दिएका छन् । मण्डलले शिक्षा, स्वास्थ्य, रोजगार र विकास सबै कुराबाट पछि परेका जनता आफ्नो क्षेत्रमा रहेका कारण उनीहरुको समस्या समाधान जसरी पनि गरी छाड्ने प्रतिवद्धता दोहो¥याउन घरदैलोमा व्यस्त रहेको बताए ।
क्षेत्र नम्बर १ बाट विजयी भएका एमाले नेता एवं वाम गठबन्धनका उम्मेदवार घनश्याम खतिवडाले निर्वाचनका बेलामा भोट माग्न आउँदा गरिएका बाचा पूरा गर्दैनन् की भन्ने मतदातामा रहने गरेको आशंकाको अन्त्य गर्नका लागि दोहा¥याएर घरदैलो र मतदाता भेटघाटमा व्यस्त हुन थालेको बताए । ‘हुन त अव गफ भन्दा पनि काम गरेर देखाउने बेला हो,’ उनले भने, ‘तर विश्वास गरेर मत दिएर विजयी बनाउने मतदातालाई आश्वास्त पार्न दोहो¥याएर गइएको हो ।’ जितेर गएपछि नेता फर्किएर नै आउँदैनन् भन्ने मतदातामा रहेको आशंकालाई चिर्न पनि एक फेरो निर्वाचन क्षेत्र भरी कार्यक्रम संचालन गर्ने तयारी रहेको खतिवडाले बताए । ‘चुनावका बेला भोट माग्न जनताका घरघरमा पुगियो । उनीहरुसंग विभिन्न प्रतिवद्धता पनि गरियो,’ उनी भन्छन्, ‘चुनाव जितेपछि पनि जनताका घरघरमा पुग्न आवश्यक छ । घरघरमा पुगेर मतदातालाई धन्यवाद दिंदै उनीहरुलाई थप विश्वस्त पार्ने काम भइरहेको छ ।’ यस्ता कार्यक्रमले नेताप्रतिको अनविश्वास हट्दै जाने उनको बुझाइ छ ।
मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये पाँचवटामा वाम गठबन्धन र एउटामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । १२ वटामा प्रदेशसभा मध्ये सातवटामा वाम गठबन्धन, चारवटामा कांग्रेस र एउटामा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया