Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १७ चैत २०७७ । ३७ वर्षपछि नेपाली भूमिमा उपाधि दिलाउने नेपाली राष्ट्रिय फुटबल टिमलाई अखिल नेपाल फुटबल ‘संघ’ एन्फाले पुरस्कारको घोषणा गरेको छ ।

नेपाललाई त्रिदेशीय कप फुटबलको उपाधि दिलाउने नेपाली टोलीलाई पुरस्कार स्वरुप पाएको पाँच हजार अमेरिकी डलरसँगै जनही एक लाख रुपैयाँ थपेर दिने एन्फाले जनाएको हो ।

एन्फा प्रवक्ता किरण राईले २३ खेलाडीहरुलाई पुरस्कार रकमसँगै जनही एक लाख रुपैयाँ पुरस्कार दिने निर्णय भएको जानकारी दिनुभयो ।

मंगलबारको दरअनुसार अमेरिकी एक डलर बराबर १ सय १७ रुपैयाँ ७४ पैसा हुन आउँदा हुने ५ लाख ८८ हजार ७ सय रुपैयाँ बाँड्दा जनही २५ हजार ५ सय ९५ रुपैयाँसँगै एक लाख रुपैयाँ थपेर खेलाडीहरुलाई दिइने छ ।

प्रशिक्षकको हकमा भने पछि निर्णय गरिने प्रवक्ता राईले जानकारी दिनुभयो । कीर्गिस्तानसमेत सहभागी त्रिदेशीय कप फटबलको सोमबार भएको फाइनलमा बंगलादेशलाई २/१ ले पराजित गर्दै नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो ।

घरेलु भूमिमा नेपाली सिनियर टिमले सन् १९८४ मा भएको पहिलो दक्षिण एसियाली खेलकुद सागको स्वर्णपदक जितेको थियो ।

 

तपाईको प्रतिक्रिया