Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, १६ चैत २०७७ । ‘त्रिदेशीय कप’ फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । सोमबार बेलुकी दशरथ रङ्गशालामा भएको फाइनलमा बंगलादेशलाई २र१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालका लागि खेलको १८ औं मिनेटमा संजोग राईले तथा ४१ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २र० ले अग्रता दिलाएका थिए ।

तर खेलको ८३ औं मिनेटमा बंगलादेशले एक गोल फर्काएको थियो ।

नेपालले ३७ वर्षपछि दशरथ रङ्गशालामा नेपालले उपाधि जित्न सफल भएको हो ।

यसअघि नेपालले दशरथ रङ्गशालामा पहिलो दक्षिण एसियाली खेलकुद सागको उपाधि जितेको थियो ।

यो जितसँगै नेपालले पछिल्लो अन्तर्राष्ट्रिय सात खेलमा गर्न नसकेको गोलको खडेरीसमेत पुरिएको छ ।

संजोग म्यान अफ द फाइनल बन्न सफल भएका छन् । रोहित चन्द मोष्ट भ्यालुएबल खेलाडी बन्न सफल भएका छन् ।

यो खेलबाटै छिरिङ्ग गुरुङ्गले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन् ।

कीर्गिस्तानको २३ वर्ष मुनिको टिमसमेत रहेको प्रतियोगिताको उपाधि जितेसँगै नेपालले ट्रफीसहित पाँच हजार अमेरिकी डलर जितेको छ ।

बंगलादेशले तीन हजार अमेरिकी डलर जितेको छ ।

विजेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार वितरण गर्नुभएको छ ।

यसै खेलबाट नेपालका सर्वाधिक सफल कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् ।

उनले कप्तानी ब्याण्डबाटै संन्यास लिने अवसर पाएका थिए ।

डिफेन्डर विराजले देशका लागि सबैभन्दा धेरै ७३ क्याप खेल्दै एक गोलसमेत गरेका थिए ।

तपाईको प्रतिक्रिया