Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झगेन्द्र खड्का
गौरादह, २२ माघ । झापाको गौरादहमा संचालन भएको मेयर कप भलिवलको उपाधी झापा गाउँपालिकाले उचालेको छ।बिहिवार सम्पन्न फाइनल खेलमा झापा गाउँपालिकाले बिर्तामोड नगरपालिकालाई ३-२ को सेटमा पराजित गर्दै उपाधी हातपारेको हो।

उपाधी हात पार्न प्रयासरत रहेका दुबै टिमले दुई दुई सेटमा जित निकाले पनि अन्तिम सेटमा बिर्तामोड नगरपालिकाले लय गुमाउदा झापा सँग पराजित भएपछि उपबिजेतामै चित्त बुझाएको छ।सेमिफाइनल खेलमा गौरादह नगरपालिकालाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको बिर्तामोड नगरपालिकाको प्रथम पुरस्कार हातपार्ने दाउ झापा गाउँपालिकाले उत्कृष्ट खेल प्रदर्शन गर्दै बिफल बनाइदिएको छ।

सेमिफाइनल खेलमा दमक सँग संघर्षपूर्ण जित निकालेको झापा गाउँपलिका निकै कठिन संघर्षका साथ मेयर कपको उपाधी उचाल्न सफल भएको छ।जनता मा.बि. गौरादहको खेल मैदानमा सम्पन्न फाइनल खेलमा जितका लागि झापा गाउँपालिकाले बिर्तामोड नगरपालिकालाई २२-२५, २५-२०, २५-२१,२२-२५ र १५-१२को सेटमा पराजित गरेको छ।

गौरादह नगरपालिका खेलकुद विकास समितिको आयोजनामा संचालन भएको अन्तरपालिका भलिबल प्रतियोगितामा प्रथम भएको झापा गाउँपालिकाले नगद १ लाख र दोस्रो हुने बिर्तामोड नगरपालिकाले ५१ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको खेलकुद विकास समितिका अध्यक्ष हेमन्त कार्कीले जानकारी गराए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

फाइनल खेल सुरु हुनु अगाडि गौरादह नगर खेलकुद विकास समिति र बिजुली अफिस गौरादह बिच भएको मैत्रीपूर्ण भलिबल खेलमा खेलकुद बिकाश समिति बिजय भएको छ।गौरादह नगर खेलकुद विकास समितिले झापा गाउँपालिकाका एकै परिवारका ३ जना भलिबल खेलाडी प्रज्वलरोशन,रोहित र रबिन सिवाकोटीका बुवा गोपाल सिवाकोटी र आमा दुर्गा पौडेल सिवाकोटीलाई उत्कृष्ट भलिबल खेल खेल्न सक्ने ३ छोराहरुको जन्म दिएको भन्दै सम्मान पत्र सहित दोसल्ला ओढाई सम्मान गरेको छ।

फाइनल खेल समापन पछि खेलाडीहरुलाई विभिन्न बिधामा पुरस्कृत गरिएको थियो। उतकृष्ट सटरमा झापाका सागर भट्टराई,मेन अफ द म्याचमा बिर्तामोडका रोशन डाँगी, उत्कृष्ट स्ट्यकरमा बिर्तामोडका विमान खड्का,उत्कृष्ट बल्करमा झापाका चर्चित कटुवाल र मेन अफ द सिरिजमा झापाका रोहित सिवाकोटी पुरस्कृत भए।

गौरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि रोहित कुमार शाहले युवाहरुलाई लगनशील, इमानदार र अनुशासित बनाउन स्थानीय सरकाले खेलकुद क्षेत्रमा बजेट बिनियोजन गर्दै खेलकुदलाई प्राथमिकतामा राखेको बताए।

कार्यक्रममा झापा गाउँपालिकाका अध्यक्ष जय नारायण शाह,नेपाली कांग्रेसका अनिलकृण प्रसाईं, नेकपाका मित्रदेब काफ्ले लगायतले शुभकामना मन्तब्य राखेका थिए।गौरादह नगर खेलकुद बिकाश समितिका अध्यक्ष हेमन्त कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा खेलकुद विकास समिति सचिब निर्मल बाँस्तोलाले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया