Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, २१ माघ २०७७ । गौरादहमा जारी मेयर कप झापा जिल्ला अन्तर पालिका स्तरीय नकआउट पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि झापा गाउँपालिका र बिर्तामोड नगरपालिका फाइनलमा पुगेका छन् ।

आज सम्पन्न पहिलो सेमीफाइनल खेलमा बिर्तामोडले गौरादह नगरपालिकालाई २५-२०, १७-२५, २८-२६ , २५-१४ को सेटमा पराजित गरेको छ । त्यसैगरी आज नै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा झापा गाउँपालिकाले दमक नगरपालिकालाई २३-२५ , २६-२४ ,२५-१७ ,१७-२५ , १७-१५ को सेटमा पराजित गरेको छ ।

भलिबल प्रतियोगिताका विजेता, उपविजेतालाई क्रमशः नगद १ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र, नगद ५१ हजार सहित ट्रफी ,मेडल र प्रमाण पत्र प्रदान गरिने गौरादह खेलकुद विकास समितिका सचिव निर्मल बास्तोलाले जानकारी दिनुभयो ।
यस्तै, उत्कृष्ट ५ विधामा पनि ट्रफीको व्यवस्था गरिएको सचिव बास्तोलाले जानकारी दिनुभयो ।

खेलकुद विकास समिति गौरादहको आयोजनामा माघ १९ गतेदेखि जनता मा.वि मा संचालन भएको थियो । प्रतियोगितामा १३ वटा पालिकाले सहभागिता जनाएका थिए ।

भोली फाइनल खेल सुरु हुनु अघि सांस्कृतिक कार्यक्रम सहित जनप्रतिनिधि र खेलकुद विकास समिति बिच मैत्रीपूर्ण भलिबल खेल हुने आयोजकले जनाएको छ।

भोली १ बजे फाइनल खेल हुने खेलकुद बिकास समितिका सचिब निर्मल बाँस्तोलाले जानकारी दिनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया