Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

गौरादह, २० माघ २०७७ । गौरादहमा जारी मेयर कप झापा जिल्ला अन्तर पालिका स्तरीय नकआउट पुरुष भलिबल प्रतियोगितामा आज भएको दोस्रो दिनको खेलमा गौरादह नगरपालिका, झापा गाउँपालिका, दमक र बिर्तामोड नगरपालिका सेमि फाइनलमा प्रवेश गरेको छ ।

खेलकुद विकास समिति गौरादहको आयोजनामा जनता मा.वि मा संचालन भइरहेको खेलमा गौरादह नगरपालिकाले कमल गाउँपालिकालाई २०–२५, २६–२४ र २५–१७ को सेटमा पराजित गरेको छ । आज भएको अर्को खेलमा झापा गाउँपालिकाले कन्काई नगरपालिकालाई २५–२१, २५–२० को सोझो सेटमा पराजित गरेको छ ।

यस्तै, कन्काइ नगरपालिकाले शिवसताक्षी नगरपालिकालाई २५–१४, २५–१४ को सोझो सेटमा पराजित गरेको छ । यस्तै, चौथो खेलमा झापा गाउँपालिकाले भद्रपुर नगरपालिकालाई २५–२१, २५–२१ को सोझो सेटमा पराजित गरेको गौरादह खेलकुद विकास समिति सदस्य तारा कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

भोलि(बुधबार) हुने पहिलो सेमि फाइनल खेल गौरादह नगरपालिका र बिर्तामोड नगरपालिका बिच १२ बजे र दोस्रो सेमि फाइनल खेल दमक नगरपालिका र झापा गाउँपालिका बिच २ बजे हुने आयोजक समितिका सचिव निर्मल बाँस्तोलाले जानकारी दिनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments