Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

गौरादह, २१ असोज । इलाका प्रहरी कार्यलय गौरादह झापाले आज शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

०७५ सालको बडा दशैं, शुभ दिपावली, छैठ लगाएतका चाडपर्वको उपलक्षमा शुभकामना आदान–प्रदान तथा गौरादहको शान्ति सुरक्षाको सम्बन्धमा सरोकारवाला बीच अन्तरक्रिया सम्पन्न भएको हो ।

गौरादह नगरपालिका वार्ड नं १ का वार्ड अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा जनप्रतिनिधि, पार्टी प्रतिनिधि, उद्योगी ब्यवसायी, समाजसेवी, संघसंस्थाका प्रतिनिधि, शिक्षक प्राध्यापक, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

अन्तरक्रियामा नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि पुष्पलाल ढकाल, नेपाली कांग्रस गौरादहका नगर सभापति यादबराज सेडाई, राप्रपाका शान्तिराम पौडेल, पत्रकार डण्डिराज घिमिरे, गौरादह बजार ब्यवस्थापन समितिका अध्यक्ष खड्ग थापा, नयाँ शक्ति पार्टीका प्रतिनिधि धर्मराज गुरगाईं लगाएतले शभकामना मन्तब्य सहित शान्ति सुरक्षको बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

बक्ताहरुले शान्ति सुरक्षामा उच्च मनोबलका साथ आवस्यक रणनीति बनाएर अघिबढ्न प्रहरी प्रशासनलाई सुझाब दिएका थिए । उनीहरुले शान्ति सुरक्षा कायम गर्न आवस्यक सहयोग गर्न सबै राजनीतिक दल तथा संघसंस्थाहरु तयार रहेको प्रतिबद्धता सहितको साझा धारणा समेत ब्यक्त गरे ।

इलाका प्रहरी कार्यलय गौरादहका ब्यवस्थापन समिति अध्यक्ष नारायण प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा इप्रका गौरादहका प्रमुख बिनोद श्रेष्ठले कार्यक्रमको औचित्य मथि प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments