Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

१०५ बर्षीय डम्मर कुमारी पौडेल रहनुभएन

गौरादह, ९ असोज । झापा गौरादहको सुर्योदय आधारभुत विद्यालय गौरादह ३ का विद्यालय ब्यवस्थापन समिति अध्यक्ष राम प्रसाद पौडेललाई मातृ शोक परेको छ ।

गौरादह नगरपालिका वार्ड नं.३ का स्थायी बासिन्दा,  पूर्व माओवादी केन्द्र गौरादह वार्ड नं. ३ का अध्यक्ष समेत रहेका समाजसेवी पौडेलकी १०५ बर्षिय आमा डम्मर कुमारी पौडेलको मंगलबार बेलुकी ८ ः ३० बजे निजि निवासमा निधन भएको हो ।

दिवंगत आमाका एक छोरा र ४ छोरी रहेका छन् । परिवार श्रोतका अनुसार पार्थीव शरिरको दाहसंस्कार बुधवार विहान ८ बजे स्थानीय गौरादहको किस्नीघाटमा गरिने भएको छ ।

तपाईको प्रतिक्रिया