Online Bichar
शुक्रबार, भाद्र ०५, २०८३ | Friday, August 21, 2026

–रुपा बुढाथोकी

कसले राम्रो भन्छ याहाँ तिमीलाई गलत काम गर्दा
परिणाम थाहा हुँदा हुदै दुर्व्यसनमा फस्दा
स्कुल आउछौ शिक्षा लिन्छौ छ त तिमीलाई ज्ञान
नफस अब लागू पदार्थमा लिन्छ यसले ज्यान ।।
साथीहरुको संगतमा लागि अलिअलि सिक्छौं
आज भन्दै भोलि भन्दै दुर्व्यसन फस्छौ
न त भोक हटाउने यसले न त प्यास मेटिने
जहाँ जता गएपनि हेला हिंसा सहनु पर्ने ।।
यति बुझ्दा बुझ्दै पनि किन गर्छौ यसको सेवन
लागूपदार्थमा फस्दा साथी नरकमा डुब्छ अमूल्य जीवन
मुख हुँदै घाँटी फोक्सो लाग्छ रोग क्यान्सरको नि
भएको पैसा खेर गई घटाउँछ यसले आयु पनि ।।
समय त त्यसै वितिसक्छ फर्किदैनन् ति विगतका दिन
मृत्युको मुखमा पुग्न लाग्दा अनि हुन्छौं घिन ।
यस्तो दिन आउनु भन्दा पहिले नै सचेत हुनु राम्रो
शरिर स्वस्थ रहे मात्र समृद्ध बन्छ जीवन हाम्रो ।।
गाउँ अनि समाज हुँदै हटाउनुपर्छ दुर्व्यसन विकृती
चेतना फैलाउन एकजुट होऔं हामी सबै विद्यार्थी ।।
कक्षा – १२(शिक्षा संकाय)
(अध्यक्ष)
–स्कुलचौन वालक्लब
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments