Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

झगेन्द्र खड्का , गौरादह, १७ भदौ । लकडाउनका कारण अन्य काम ठप्प हुदा ग्रामिण क्षेत्रमा तरकारी ब्यावसायमा आकर्षण बढेको छ। सानो लगानीमा पनि चांडै फाइदा हुने भएकाले यो ब्यावसाय प्रति खासगरी मजदुरहरु आकर्षित भएका हुन्।

जनमजदुर गरेर कमाई खाने ब्याक्तीहरुको रोजगारी लकडाउनले खोसेपछि सिटिसफारी लिएर गाउँ गाउँमा घुमेर तरकारी व्यापार गरिरहेका छन्।आफूले बारीमा तरकारी नलगाएपनि ब्याबसायीक तरकारी खेती गर्ने किसानका घरबाट तरकारी खरिद गरेर गाउँमा घुमेर बिक्री गर्छन्। जनमजदुर गरेर परिवार पाल्ने र घर खर्च चलाउने ब्याक्तीहरुले रोजगारी नपाएपछि परिवार पाल्नका लागि बैकल्पिक पेशा अपनाएको उनीहरूको भनाइ छ।

कोरोना भाइरस संक्रमण समुदाय स्तरमा फैलिन थालेपछि स्थानीय सरकारले कतै लकडाउन र कतै निषेधाज्ञा जारी गरेर बजार बन्द गरिएपछि तरकारीको घुम्ती ब्यापार सुरु गरेको गौरादह नगरपालिका वडा नं -७ का अजित माक्रा बताउछन। अन्य रोजगारी नभएको समयमा तरकारी खरिद गरेर बिक्री गर्दा पनि घर खर्च चलाउने र बिहान बेलुकाको छाक टार्न सहज भएको माक्रा बताउँछन्।

आफ्नो बारीमा तरकारी फलाएर बिक्री गर्दा घरैबाट तरकारी बिक्री गर्न सकिने र बढी नाफा कमाउन सकिने गौरादह नगरपालिका वडा नं -८ का तरकारी ब्यावसायी संकर राजवंशी बताउँछन्। ब्यावसायीक रुपमा तरकारी खेती गर्ने किसानहरुलाई अन्य ब्यावसाय भन्दा तरकारी ब्यापारमा बढी नाफा हुने राजवंशी बताउँछन्।

तरकारी ब्यापारमा बढी फाइदा हुने र लगानी पनि कम लाग्ने भएकाले लकडाउनका कारण बजार ठप्प हुदा किसानको बारीमा पुगेर तरकारी खरिद गरि ब्यापार गर्नेको संख्या बढेको राजवंशी बताउछन्। अन्य ब्यावसाय गर्दा लगानी बढी गर्नु पर्ने फाइदा कम हुने र प्रतिफल पाउन लामो समय प्रतीक्षा गर्नु पर्ने भएकाले तरकारी तथा फलफूल ब्यावसायमा मजदुरहरुको पनि आकर्षण बढेको उनको भनाइ छ।

सानोतिनो जागिर खाने र अन्य आय सोत नभएका ब्याक्तीहरुका कार्यलय बन्द भएकाले तरकारी ब्यापार गर्न थालेका छन्।बिगत समयमा अन्य काम गर्ने व्यक्तिहरु रोजगारी नपाएपछि घरपरिवार चलाउन पनि तरकारी र फलफूल बेपारी बनेको देखिन्छ।
कोरोना भाइरस संक्रमणका कारण बजार तथा भिडभाडमा जाने अवस्था नरहेकाले घुम्ती ब्यापारी संग तरकारी खरिद गर्दा सहज भएको गौरादह -२ का ज्ञान बहादुर खड्का बताउछन।

तपाईको प्रतिक्रिया